FLASH NEWS
  • Loading...

महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्चमा शतप्रतिशत वृद्धि

  • पुनहिल डट कम
  • २ साल अघि
  • ९४ पटक पढिएको
महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्चमा शतप्रतिशत वृद्धि

अर्थमन्त्री विष्णु पौडेलले देशभरका महिला स्वास्थ्य स्वयंसेविकाले पाउँदै आएको यातायात खर्च शतप्रतिशतले वृद्धि गरेको बताएका छन् । शनिबार आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै उनले मुलुकभरका ५२ हजार महिला स्वास्थ्य स्वंयसेवीकालाई दिँदै आईएको यातायात खर्चमा शतप्रतिशत वृद्धि गरी १२ हजार पुर्‍याएको उनले बताए ।

यस्तै, काठमाडौं उपत्यकामा ३ सय शैय्याको र सबै प्रदेशमा ५० शैय्याको सरुवारोग अस्पताल निर्माण गर्न १ अर्ब ३० करोड विनियोजन गरेको उनले बताए ।