FLASH NEWS
  • Loading...

आगामी बर्षको बजेट १६ खर्ब ४७ अर्ब ५७ करोड

  • पुनहिल डट कम
  • २ साल अघि
  • ११६ पटक पढिएको
आगामी बर्षको बजेट १६ खर्ब ४७ अर्ब ५७ करोड

सरकारले आगामी आर्थिक वर्षका लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट ल्याएको छ। चालूतर्फ संघले खर्च गर्ने ६ खर्ब ७८ अर्ब ६१ करोड, पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब २६ करोड,वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ७ अर्ब ९७ करोड र प्रदेश/स्थानीयतहलाई वित्तीय हस्तान्तरणतर्फ ३ खर्ब ८६ अर्ब ७१ करोड रुपैयाँ रहेको अर्थमन्त्री पौडेलले बताए ।

सरकारले आगामी आर्थिक वर्षको बजेट आज अध्यादेशमार्फत ल्याएको हो। अर्थमन्त्री विष्णु पौडेलले आगामी वर्षको लागि साढे १६ खर्बको बजेट ल्याएको घोषणा गरे। आगामी आर्थिक वर्षको बजेटको आकार बढेको छ । गत वर्षको बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ थियो ।