- Loading...
आज भारी/अति वर्षा र उच्च बेगको हावाहुरीको सम्भावना
- पुनहिल डट कम
- ३ साल अघि
- २०२ पटक पढिएको

आज देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी/अति भारी वर्षा र उच्च बेगको हावाहुरिको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
उच्च हिमाली/पहाडी भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपात/वर्षा र गण्डकी प्रदेशका केही स्थानमा वागमती प्रदेश, प्रदेश १ तथा सुदूरपश्चिम प्रदेशका उच्च हिमाली/पहाडी भूभागका १/२ स्थानमा भारी हिमपातको सम्भावना रहेको छ ।
मौसमविद् मीनकुमार अर्याल शनिबार दिउँसोबाट क्रमशः मौसममा सुधार हुँदै जाने बताउँछन् । “पूर्व, मध्य र पश्चिम हुँदै चक्रावातको असर भोलि दिउँसोबाट हट्दै जाने छ,” उनी भन्छन्, “यसकै असर अहिले तुलनात्मक रुपमा पूर्वी नेपालमा बढी देखिएको छ । पूर्वका जिल्लामा पानी पर्ने र हावाहुरी चल्ने भइरहेको छ ।
यसैबीच, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शक्तिशाली चक्रवातका कारण पुग्नसक्ने क्षतिबाट बच्न यसअघि नै आग्रह गरिसकेको छ । बस्ती नजिक बाढी, पहिरो, डुबान जोखिम आंकलन गरी सुरक्षाकर्मी एवम् गाउँपालिकासँगको समन्वयमा सुरक्षित स्थानमा सर्न प्राधिकरणले आग्रह गरेको छ ।
नदी, खोला किनार एवम् पहिरो आसपास बसोबास गर्ने बासिन्दा सतर्क अवस्थामा रहनुपर्नेबारे सञ्चार माध्यममार्फत सचेत गराउनु पर्ने बताउँदै प्राधिकरणले आफ्नो आसपासको ठाउँमा बाढी, पहिरो, डुबान, कटानको जोखिम देखिए सुरक्षा निकाय, पालिका एवम् जिल्ला विपद् व्यवस्थापन समितिलाई खबर गर्न भनेको छ ।
मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)
(जारी मिति: २०७८–०२–१४ बिहान ६:०० बजे)
२०७८ जेठ १४ गते (शुक्रबार)
दिउँसो: देशभर सामान्य देखि पूर्ण बदलि रहि धेरै स्थानहरूमा मेघगर्जन / चट्याङ /हावाहुरी सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा भारी / अति भारी वर्षा र उच्च बेगको हावाहुरिको सम्भावना रहेको छ। उच्च हिमाली/पहाडी भूभागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपात/वर्षा र गण्डकी प्रदेशका केहि स्थानहरूमा बागमती प्रदेश, प्रदेश १ तथा सुदुर-पश्चिम प्रदेशका उच्च हिमाली/पहाडी भूभागका १/२ स्थानमा भारी हिमपातको सम्भावना रहेको छ।
राती: देशभर सामान्य देखि पूर्ण बदलि रहि धेरै स्थानहरूमा मेघगर्जन / चट्याङ /हावाहुरी सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा भारी / अति भारी वर्षा र उच्च बेगको हावाहुरिको सम्भावना रहेको छ। उच्च हिमाली/पहाडी भूभागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपात/वर्षा र गण्डकी प्रदेशका केहि स्थानहरूमा बागमती प्रदेश, प्रदेश १ तथा सुदुर-पश्चिम प्रदेशका उच्च हिमाली/पहाडी भूभागका १/२ स्थानमा भारी हिमपातको सम्भावना रहेको छ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
