FLASH NEWS
  • Loading...

मुस्ताङ्गको सम्जुङ धलुङमा जंगली गधाको वथान देखिए

  • पुनहिल डट कम
  • २ साल अघि
  • २१३ पटक पढिएको
मुस्ताङ्गको सम्जुङ धलुङमा जंगली गधाको वथान देखिए

हिमालपारीको मुस्ताङ्गको पनि उपल्लो भेगमा पर्ने लोमन्थाङ गाउपालिकाको सम्जुङ धलुङवस्ती देखी माथी दुर्लभ जंगली गधा (कियाङ)को वथान भेटिएको छ ।
अन्नपूर्ण सरक्षण क्षेत्र आयोजना (एक्याप) लोमन्थाङ कार्यालयका अनुसार डोल्पा र चीनको सीमावर्ती पठारमा कम्तीमा २०–२५ वटाको संख्यामा आएका जंगली गधा (कियाङ) जेठको पहिलो सातादेखी देखिएको हो ।
लोपुन्मुख स्तनधारी उक्त प्रजातिको जंगलीगधा २१ बर्ष अघि एक्यापका अनुसन्धान टोलीले पहिलो पटक पत्ता लगाएको थियो । एक्यापका अनुसार उच्च हिमाली पठार क्षेत्रमा पाईने दुर्लभ वन्यजन्तुको रुपमा सूचिकृत जंगली गधा मुस्ताङ्गको कोरोलापास देखी खुर्खाङ, साम्जुङ, दामोदरकुण्ड क्षेत्रमा कहिले काही देखा पर्ने गरेको छ ।
‘लोपोन्मुख र संरक्षीत स्तनधारी जन्तु जंगली गधा अप्रिल देखी सेप्टेम्बरसम्म आक्कलझुक्कल माथिल्लो चरन क्षेत्रमा देखिन्छ’ एक्याप लोमन्थाङका कर्मचारी समेत रहेका स्थानीय पर्यटन ब्यवसायी रामबहादुर गुरुङले भने, ‘धेरै वर्षप्छि यो वर्ष पनि चीन वोर्डर क्षेत्रको नेपालीचरन क्षेत्रमा क्याङ देखिएका छन । तर यो पहिलो पटक देखिएको भने होईन । सवैले र सँधै नदेखिने यो जंगली गधा देखिनु दुर्लभ भने हो । ’


टिवेटियन एक्स, टिवेटियन क्याङ आदी भनिने जंगली गधा नेपालको डोल्पा र उपल्लो मुस्ताङमा बाहेक तीब्बत, भारतको लद्दाख, अफगानिस्तान क्षेत्रमा पनि भेटिएको छ । सम्जुङको धलुङ क्षेत्रमा देखिएका दुर्लभ जंगली गधा (कियाङ) वथानको तस्वीर सार्वजनिक गरेका ठिनीका युवा निरज थकालीका अनुसार यो जंगली गधा अप्रीलदेखी सेप्टेम्बरसम्म वस्तीदेखी धेरै टाढा यो क्षेत्रमा देखिने गरेको छ ।
थकालीका अनुसार हेर्दा दुरुस्तै खच्चड जस्तो देखिने र उच्च हिमाली क्षेत्रमा मात्र पाईने यो जंगली गधा घरपालुवा गधा भन्दा केही ठूलो, हल्का खैरो हुने गरेको छ । यी जंगली गधा तिब्बत तिरबाट चरनको खोजीमा नेपाल तर्फ आउने गर्छन ।
जंगली गधाका (क्याङ) तीन प्रजाती छन । पश्चिमी क्याङ, पूर्वीय क्याङ र दक्षिणी क्याङ । नेपाल र तिब्बत क्षेत्रमा पाईने क्याङ दक्षिणी प्रजातिको हो । नेपालमा पहिलो पटक सन २००१ को जुनमा दामोदरकुण्डक्षेत्रमा पत्ता लागेको थियो ।