FLASH NEWS
  • Loading...

म्याग्दीमा कोरोना संक्रमितको संख्या १५ सय नाघ्यो, सक्रिय संक्रमित नै ५२० जना

  • पुनहिल डट कम
  • २ साल अघि
  • ८६ पटक पढिएको
म्याग्दीमा कोरोना संक्रमितको संख्या १५ सय नाघ्यो, सक्रिय संक्रमित नै ५२० जना

सोमबार ६५ जना थप भएसँगै म्याग्दीमा कोरोना संक्रमितको संख्या १५ सय ५३ पुगेको छ । आज ३५ जनाले कोरोना जितेर आईसोलेसन मुक्त भएका छन ।
सोमबार साँझसम्म जिल्लामा ५ सय २० जना सक्रिय संक्रमित कोभिड अस्पताल, आईसोलेसन तथा होमआईसोलेसनमा रही उपचाररत छन । यी बाहेक थप विरामी कोरोना लक्षण तथा चिन्ह देखिएका ३ सय जनाको पिसिआर रिपोर्ट आउन बाँकी छ ।
स्वास्थ्य कार्यालयका अनुसार सोमबार बेनी नगरपालिकामा २९ जना, अन्नपूर्ण गाउपालिकामा ५ जना, रघुगंगा गापामा ४ जना, मालिका गापामा १० जना, मंगला गापामा २ जना, धवलागिरी गापामा ११ जना र छिमेकी जलजला गापामा ४ जनामा कोरोना पुष्टी भएको हो ।