- Loading...
२५ घन्टा ५० मिनेटमै सगरमाथा चढेर हङकङकी साङले बनाइन् विश्व कीर्तिमान
- पुनहिल डट कम
- ३ साल अघि
- २२६ पटक पढिएको

हङकङकी एदा साङले छोटो समयमा सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गरेकी छिन् । २५ घन्टा ५० मिनेटमै सगरमाथा चढेर साङले महिलातर्फको कीर्तिमान बनाएकी हुन् ।
उनी आइतबार दिउँसो ३ बजेर १० मिनेट जाँदा सगरमाथको चुचुरो पुगेको सम्पर्क अधिकृत द्वय सोना शेर्पा र ज्ञानेन्द्र श्रेष्ठले बताए । यसअघि नेपालकी फुन्जो जाङ्मु लामाको ३९ घन्टा ६ मिनेटको रेकर्ड थियो ।
साङले शनिबार दिउँसो १ बजेर २० मिनेट जाँदा वेसक्याम्पबाट सगरमाथातर्फ यात्रा सुरु गरेकी थिइन् । उक्त आरोहणको नेतृत्व फूर्वा तेन्जिङ शेर्पाले गरेका थिए भने पेम्बा दोर्जे शेर्पा आरोहणका सरदार हुन् । यसैगरी, फूर्वा थिले शेर्पाले प्रमुख पथ पर्दशकको भूमिका निर्वाह गरेका थिए । टोलीमा मिङ्मा नुरु शेर्पा, पदम तामाङ, निमा ग्याल्जेन शेर्पा सहभागि थिए ।
साङको यो सगरमाथा तेस्रो आरोहण हो । यसअघि २०१७ उनले सगरमाथा चढ्दै हङकङबाट सगरमाथा आरोहण गर्ने पहिलो महिला बनेकी थिइन् । यसैगरी, सन् २०१९ मा उनले दोस्रोपटक सगरमाथाको सफल आरोहण गरेकी थिइन् ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
