FLASH NEWS
  • Loading...

म्याग्दीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३५ पुग्यो

  • पुनहिल डट कम
  • २ साल अघि
  • ९३ पटक पढिएको
म्याग्दीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३५ पुग्यो

|bfx ;+:sf/sf nflu NofOPsf ;ªqmldtsf] zj sf7df8f}F, @@ j}zfv M sf]le8 ;ªqmd0fsf sf/0f ljleGg 7fpFdf a'waf/ d[To' ePsf ;j{;fwf/0f bfx ;+:sf/sf nflu kz'kltl:yt ljB'tLo zj bfxu[xdf NofOFb} ;'/IffsdL{ . t:jL/ M /Tg >]i7÷ /f;;

कोरोना संक्रमण भई बेनी अस्पतालमा उपचाररत हिजो र आज गरी तीन जनाको मृत्यु भएसँगै कोरोनाबाट म्याग्दीमा ३५ जनाको ज्यान गएको छ ।
शनिवार र आईतवार गरी कोरोना संंक्रमण भै बेनी अस्पतालमा उपचार गरिरहेका बेनी नगरपालिका, ७ मंगलाघाटका एक पुरुष, बेनपा, ९ घतानकी एक महिला र बेनपा, १० पात्लेखेतकी एक महिलाको मृत्यु भएको बेनी अस्पतालले पुष्टी गरेको छ । कोरोना भाईरसको दोस्रो लहर सुरु भएयता म्याग्दीका कम्तीमा २७ जनाको मृत्यु भएको हो ।
स्वास्थ्य कार्यालय प्रमुख एकनारायण लम्सालका अनुसार म्याग्दीमा कोरोना परिक्षणगरी पुष्टी भएका १९ जना संक्रमित, पोखरा, काठमाण्डौमा स्वास्थ्य उपचारक्रममा कोरोना पुष्टी भएका १२ जना र सतप्रतिशत कोरोना संक्रमणको चिन्ह तथा लक्षण देखिएका तर स्वाव परिक्षण नगरिएका ४ जना (शंकास्पद) समेत ३५ जना संक्रमितको उपचारक्रममा मृत्यु भएको हो ।
म्याग्दीमा कोरोना पुष्टी भै मृत्यु भएका १९ जनामध्य ७ जनाको बेनी अस्पतालमा र १३ जनाको बेनी अस्पतालबाट थप उपचारकालागी पोखरा, काठमाण्डौ रिफर गरिएकोमा उपचारक्रममा मृत्यु भएको हो ।