- Loading...
मध्यराति राष्ट्रपतिबाट कात्तिक २६ र मंसीर ३ गते दुईचरणमा निर्वाचन घोषणा
- पुनहिल डट कम
- ३ साल अघि
- २६८ पटक पढिएको

मध्यराति राष्ट्रपति विद्यादेवी भण्डारीले फेरि प्रतिनिधिसभा विघटनको घोषणा गरेकी छन् ।
एक विज्ञप्ति जारी गर्दै मध्यरातमै बसेको मन्त्रिपरिषद्को बैठकले गरेको सिफारिसका आधारमा विघटनको घोषणा गरेकी हुन् ।
नेपालको संविधानको धारा ७६ को उपधारा ७ बमोजिम वर्तमान प्रतिनिधिसभा विघटन गरी कात्तिक २६ र मंसीर ३ गते गर्ने घोषणा भएको राष्ट्रपति कार्यालयद्वार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यसअघि संविधानको धारा ७६ को उपधारा ५ अनुसार, बहुमत सिद्ध गर्नसक्ने प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्री पदमा नियुक्तिका लागि आह्वान भएकोमा प्रधानमन्त्री ओली र विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आआफूलाई प्रधानमन्त्री बनाइयोस् भनी दावी पेश गरेका थिए ।
राष्ट्रपति भण्डारीले दुबैको दावीलाई मध्यराति नै खारेज गरेको विज्ञप्ति जारी गरेकी थिइन् । दुबै नेतालाई प्रधानमन्त्री बनाइयोस् भनी केही सांसदहरुले दुबैतिर हस्ताक्षर गरेको कुरा यसअघि विवादमा ल्याइएको थियो । राष्ट्रपति कार्यालयले सांसदहरुको हस्ताक्षर प्रमाणीकरण गरी वास्तविक हस्ताक्षर कुन नेताका लागि गरेको हो भन्ने बुझ्न सक्ने सम्भावना हुंदा हुंदै त्यसो नगरी दुबैको दावी खारेज गरिएको थियो ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
