FLASH NEWS
  • Loading...

शनिवार म्याग्दीमा ११९ जना संक्रमित थपिए

  • पुनहिल डट कम
  • २ साल अघि
  • ८९ पटक पढिएको
शनिवार म्याग्दीमा ११९ जना संक्रमित थपिए

म्याग्दीमा शनिवार थप १ सय १९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
पिसिआर विधीबाट १ सय ४ जना र एन्जीजिन विधीबाट १५ जनामा कोरोना पुष्टी भएको हो । ६९ जना शनिवार कोरोनालाई जितेर आईसोलेसनमुक्त भएका छन ।
जिल्लामा कोरोना संक्रमितको संख्या १ हजार ३ सय १६ पुगेको छ । यीमध्य ३ सय ८४ जना सक्रिय संक्रमित छन । यी बाहेक थप विरामी कोरोना लक्षण तथा चिन्ह देखिएका ६ सय ६ जना विरामीको स्वाव पिसिआर परिक्षाणकालागी पोखरा स्थित प्रदेश प्रयोगशालामा पठाईएकोमा रिपोर्ट आउन बाँकी छ ।
स्वास्थ्य कार्यालयका अनुसार शनिवार बेनी नगरपालिकामा ३८ जना, अन्नपूर्ण गाउपालिकामा ३ जना, रघुगंगा गापामा ५६ जना, मालिकामा ११ जना, मंगलामा १ जना, धवलागिरीमा ३ जना र छिमेकी जलजलामा ४ जनामा कोरोना पुष्टी भएको हो ।