FLASH NEWS
  • Loading...

साँसद थापाद्धारा अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्त्रण

  • पुनहिल डट कम
  • २ साल अघि
  • ६६ पटक पढिएको
साँसद थापाद्धारा अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्त्रण

प्रतिनिधी सभा सदस्य सांसद भुपेन्द्रबहादुर थापाले बेनी अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग गरेका छन ।
साँसद थापाले बेनी अस्पताललाई अक्सीजन सिलिण्डर ४० लिटर जाने १० गोटा, पिपिई २ सय सेट, सेनीटाईजर ३० लिटर, पञ्जा ४ सय गोटा, मास्क सर्जिकल २ हजार गोटा, सेप्टी चस्मा ५० वटा सहयोग गरेका छन ।
त्यस्तै पल्सअक्सिमिटर ५ गोटा, मोवाईल थर्मकोलाटर १ गोटा र फेससिल २० गोटा बेनी अस्पताल विकास समितिका अध्यक्ष वेलबहादुर कटुवाललाई हस्तान्त्रण गरेको सांसद थापाआवद्ध नेकपा एमाले म्याग्दीका अध्यक्ष हरीकृष्ण श्रेष्ठले बताए ।