FLASH NEWS
  • Loading...

म्याग्दीमा विहिवार १ सय १० जना निको भए ९० जना संक्रमित थपिए

  • पुनहिल डट कम
  • २ साल अघि
  • ७३ पटक पढिएको
म्याग्दीमा विहिवार १ सय १० जना निको भए ९० जना संक्रमित थपिए

म्याग्दीमा कोरोना संक्रमित भै आईसोलेसनमा रहेका १ सय १० जनाले कोरोना जित्दा ९० जना कोरोना संक्रमित थपिएका छन । यो संगै कोरोना संक्रमितको संख्या १ हजार १ सय ५६ पुगेको छ ।
स्वास्थ्य कार्यालयका अनुसार विहिवार बेनी नगरपालिकामा ३३ जना, अन्नपूर्ण गाउपालिकामा २२ जना, रघुगंगा गापामा १४ जना, धवलागिरीमा ९ जना, मालिकामा ७ जना, मंगलामा २ जना र छिमेकी जलजलामा ४ जना कोरोना संक्रमित थपिएका हुन । थपिएका मध्य ४८ जना पिसिआर विधी र ४२ जनामा एन्टीजिन परिक्षणबाट कोरोना संक्तमण भएको पत्ता लागेको हो ।
जिल्लाबाट पिसिआर परिक्षणकालागी पोखरा स्थित प्रदेश प्रयोगशाला पठाएका अझै ७ सय ४८ वटा पिसिआर रिपोर्ट आउन बाँकी छन ।
‘सुरुमा सदरमुकाम बेनी, पोखरा, काठमाण्डौमै संक्रमित भै गाउँ पुगेका र उनीहरुको कन्ट्रयाक ट्रेसिङमा परेका संक्रमितहरुको वल्न रिजल्ट आईरहेको छ’ स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले भने, ‘दोस्रो चरणको कन्ट्याक्ट ट्रेसिङमा परेका संक्रमित र पछिल्लो अवस्थाको संक्रमण देखिन अझै केही समय लाग्छ । अव कम्तीमा दुई हप्ता नभै ग्रामिण भेगमा संक्रमणको चेनब्रेक हुने अवस्था छैन ।’