- Loading...
कोरोना झन फैलदै, ग्रामिण भेगमा संक्रमणको चेनब्रेक गर्न अझै दुई साता लाग्न सक्ने
- पुनहिल डट कम
- ३ साल अघि
- ३०५ पटक पढिएको

म्याग्दीमा बुधवार ७२ जनामा कोरोना पुष्टी भएको छ । २९ जना संक्रमण मुक्त भए ।
स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा १ हजार ६६ जनामा कोरोना संक्रमण पुष्टी भएकोमा हाल ४ सय ५० जना सक्रिय संक्रमित छन । सोमबारसम्म संकलन गरी पिसिआर परिक्षणकालागी पोखरा स्थित प्रदेश प्रयोगशाला पठाएका ८ सय १३ स्वावको नमुनाको रिपोर्ट आउन बाँकी छन ।
‘सुरुमा सदरमुकाम बेनी, पोखरा, काठमाण्डौमै संक्रमित भै गाउँ पुगेका र उनीहरुको कन्ट्रयाक ट्रेसिङमा परेका संक्रमितहरुको वल्न रिजल्ट आईरहेको छ’ स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले भने, ‘दोस्रो चरणको कन्ट्याक्ट ट्रेसिङमा परेका संक्रमित र पछिल्लो अवस्थाको संक्रमण देखिन अझै केही समय लाग्छ । अव कम्तीमा दुई हप्ता नभै ग्रामिण भेगमा संक्रमणको चेनब्रेक हुने अवस्था छैन ।’
गण्डकी प्रदेश स्वास्थ्य विभागले अभिलेख अनुसार म्याग्दीका २१ जनाको कोरोनाबाट मृत्यु भएको छ । पोखरा, काठमाण्डौ समेतका अस्पतालमा कोरोना संक्रमित भै मृत्यु भएका तर गृह जिल्ला म्याग्दी उल्लेख भएका ब्यक्तिसमेत जोड्दा २७ जनाको कोरोनाबाट मृत्यु भएको छ ।
२० वेड क्षमता भएको बेनी अस्पतालको आईसोलेसनमा बुधवार साँझसम्म २४ जना संक्रमितको उपचार भैरहेको छ । संक्रमित मध्य हाई प्रेसर अक्सिजन दिएर राखिएका तीन जना संक्रमितको अवस्था नाजुक छ ।
‘इर्मजेन्समा भर्ना भएका बाहेक आईसोलेसनमा २४ जना विरामीलाई अक्सिजनसहित उपचार भैरहेको छ’ बेनी अस्पतालका मेसु डा.जितेन्द्र कंडेलले भने, ‘तीन जना विरामीको अवस्था क्रिटिकल छ । विरामीले आर्थिक अवस्थाको कारण पोखरा सम्म जान नसक्ने बताएपछि हाईप्रेसर अक्सिजनको भरमा उपचार गरिरहेका छौं ।’
नयाँ भेरियन्ट सहितको कोरोना भाईरसको दोस्रो लहर संक्रमण समुदायमा भयावह नहुँदासम्म स्थानीय सरकार, प्रशासन र समुदाय सवैले वेवास्ता गर्दा दुर्गम ग्रामिण वस्तीसम्म कोरोना फैलिएको हो । सुरुमा सदरमुकाम र त्यसपछि बेनी नगरपालिका, ४ तातोपानीमा कोरोना संक्रमण देखिएको थियो ।
कोरोना संक्रमित बन्दा घट्ना लुकाउने प्रयास गर्दा थप फैलिएको मानिएको छ । कोरोनाबाट बच्न भन्दै सहरबाट गाउँ फर्केकाबाट कोरोना वस्तीमा पुगेको मानिएको छ । वस्तीमा भने विवाह, व्रतवन्ध, चौरासी पुजा, मृत्यु संस्कार जस्ता जमघटले कोरोनालाई घर–घर पुऱ्याएको ठहर जिल्ला कोरोना संकट ब्यवस्थापन केन्द्रले गरेको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
