- Loading...
नेपालमा अति संक्रामक ट्रिपल म्युटेन्ट कोरोना भाइरस फैलिरहेको पुष्टि
- पुनहिल डट कम
- ३ साल अघि
- १४४ पटक पढिएको

नेपालमा फैलिरहेको कोरोना भाइरस (ट्रिपल म्युटेन्ट भेरिएन्ट) भारतीय भेरियन्टको भएको पुष्टि भएको छ ।अत्यधिक संक्रामक यो नयाँ भेरिएन्टलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले ‘विश्वव्यापी चासोको भेरिएन्ट’ भनी घोषणा गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साता ३५ ओटा नमूना संकलन गरी ल्याबमा जिन सिक्वेन्सिङ गर्दा ३४ ओटा नमूनामा नयाँ भेरियन्ट पुष्टि भएको हो । सबै उमेर समूहका लागि जोखिमपूर्ण रहेको ट्रिपल म्युटेन्ट (तीन पटक उत्परिवर्तन) भेरिएन्ट नेपालमा व्यापक रूपमा फैलिरहेको अध्ययनले देखाएको छ ।
सातवटै प्रदेशबाट ‘र्यान्डम’ तरिकाले संकलित ३५ वटा नमुनालाई डब्लूएचओको समन्वयमा भारतमा जिन सिक्वेन्सिङ गर्दा ३४ वटा नमुना अर्थात् ९७ प्रतिशतमा ट्रिपल म्युटेन्ट भेरिएन्ट (बी.१.६१७.२) र एउटा नमुना अर्थात् तीन प्रतिशतमा डबल म्युटेन्ट भेरिएन्ट (बी.१.६१७.१) देखिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए । योसँगै हालसम्म मुलुकमा ट्रिपल म्युटेन्ट (बी.१.६१७.२), डबल म्युटेन्ट (बी.१.६१७.१) र बेलायती (बी.१.१.७) गरी तीनवटा भेरिएन्टको पुष्टि भएको हो ।
यसअघि गत चैतको मध्यतिर गरिएको सिक्वेन्सिङमा बेलायती भेरिएन्ट (बी.१.१.७) र भारतमै देखिएको डबल म्युटेन्ट भेरिएन्ट (बी.१.६१७.१) पाइएको थियो । हाल ट्रिपल म्युटेन्ट भेरिएन्ट ३१ देशमा र डबल म्युटेन्ट भेरिएन्ट ३४ देशमा देखिएको छ ।
स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार सिक्वेन्सिङका लागि सातवटै प्रदेशबाट संक्रमणले मृत्यु भएका र निको भएका व्यक्तिहरूको नमुना संकलन गरिएको थियो । ती नमुना ६ वर्षे बालकदेखि ८४ वर्षेसम्मका व्यक्तिको लिइएको थियो ।
स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले ट्रिपल म्युटेन्ट भेरिएन्टकै कारण चार–पाँच सातायता संक्रमण उच्च दरले बढेको बताए । ‘मुलुकमा अधिकांश संक्रमण यसकै छ,’ उनले भने, ‘यो ट्रिपल भेरिएन्टको सर्ने दर धेरै उच्च देखिएको छ । यसले सबै उमेर समूहलाई असर पार्छ भने कम उमेरका व्यक्तिलाई पनि अक्सिजन चाहिने बनाउँछ ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
