FLASH NEWS
  • Loading...

लमजुङ केन्द्रबिन्दु भएर ५‍.८ रेक्टर स्केलको भूकम्प गयो

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १३२ पटक पढिएको
लमजुङ केन्द्रबिन्दु भएर ५‍.८ रेक्टर स्केलको भूकम्प गयो

बुधबार बिहान लमजुङ केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार बिहान ५ बजेर ४२ मिनेट जाँदा लमजुङको भुलभुले आसपास केन्द्रबिन्दु बनाएर ५.८ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको धक्का लमजुङका छिमेकी जिल्ला तनहुँ, गोरखा, कास्कीलगायत काठमाडौं उपत्यकामा समेत महसुस गरिएको थियो ।

भूकम्पबाट के कति क्षति भयो भन्ने जानकारी आएको छैन ।