- Loading...
नेपालमा संक्रमण र मृत्यदर भारतमा भन्दा दोब्बर
- पुनहिल डट कम
- ३ साल अघि
- १४१ पटक पढिएको

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना संक्रमण दर र कोरोनाका कारण मृत्युदर भारतको भन्दा दोब्बर रहेको जनाएको छ ।
नेपालमा परीक्षण गरिएकामा संक्रमण देखिने दर ४६.७ प्रतिशत रहेको छ भने भारतमा २०.२ प्रतिशत रहेको मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा डा. विराज कर्मचार्यले बताए।
त्यस्तै, नेपालमा मृत्युदर पनि भारतको भन्दा बढी रहेको छ । भरतमा २.५ प्रतिशत रहेको मृत्युदर नेपालमा ६ प्रतिशत रहेको छ ।नेपालमा अहिले कोरोना संक्रमितको संख्या प्रति १० लाखमा ३०३.१ जना रहेको छ, जुन भारतमा २१५ जना प्रति १० लाख रहेको छ ।
सामूदायमा कोरोना फैलने दर नेपालमा प्रतिव्यक्ती १.१ प्रतिशत रहेको छ भने भारतमा १.४ प्रतिशत रहेको छ ।
नेपालका ४४ जिल्लामा संक्रमण व्यापक भएको र अधिकांश जिल्लामा अधिक रहेको मन्त्रालयले जनाएको छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या एक लाख १० हजार २६३ पुगेको छ ।जसमध्ये संस्थागत आइसोलेसनमा ७ हजार ८०८ र होम आइसोलेसनमा १ लाख दुई हजार ४५५ जना रहेका छन् ।
मन्त्रालयका अनुसार कोरोना संक्रमण सहरमा भन्दा गाउँमा बढी फैलिएको र सामूदायमा असर गरेको छ । लकडाउनको पालना नभएका कारण गाउँघरमा कोराना जोखिम बढेको हो । dcnepal.com

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
