- Loading...
कोरोना कहरविच बुधवारदेखी भारी वर्षाको संभावना
- पुनहिल डट कम
- ३ साल अघि
- २११ पटक पढिएको

कोरोना महामारीको त्रास विच यो साता भारी वर्षाको संभावना देखिएको छ ।
पूर्वीमध्य अरव सागमा विकसित अति शक्तिशाली चक्रवात ‘TaukTae’ अझ विकसित भै उत्तरपश्चिम सर्नेक्रमा रहेकोले त्यसको प्रभाव नेपालमा पर्ने भएको छ । उक्त शक्तिशाली चक्रवातको प्रभाव मंगलवार साँझदेखी देशका धेरै स्थानमा मौषम वदली भै हल्कादेखी भारी वर्षाको समेत संभावना रहेको छ ।
मौषम वदलीहुँदा कर्णाली, सुदुर पश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यमदेखी केही स्थानमा भारी वर्षाको संभावना रहेको छ । हिमाली क्षेत्रमा भने भारी वर्षाको पनि संभावना रहेको जल तथा मौसम विज्ञान विभागले सोमबार साँझ विशेष वुलेटिन प्रकाशित गरी सचेत गराएको छ ।
कोरोना महामारीको संकट ब्यवस्थापनसँगै सरोकारवालाले मनसुनजन्य विपदको संभावित संकटको पनि समयमै ब्यवस्थापनमा जुटुनु पर्ने देखिएको छ ।
नेपाल सरकार
उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय
जल तथा मौसम विज्ञान विभाग
( Special Weather Bulletin)
(जारी मितिः २०७८/०२/०२ साँझ ०६:०० बजे)
हाल पूर्वीमध्य अरब सागरमा रहेको अति शक्तिशाली चक्रवात “TaukTae” अझ बिकशित हुने क्रममा रहेको छ। उक्त चक्रवात हाल उत्तर-उत्तरपश्चिम तिर बढ्ने क्रममा रहेको छ। उक्त चक्रवातको प्रत्यक्ष प्रभाब नेपालमा नपरेतापनि केहि असर नेपालको भूभागमा पर्ने सम्भावना रहेको छ।
सो प्रणालीका कारण मंगलबारबाट देशका धेरै स्थानहरूमा सामान्य देखी पूर्ण बदलीको सम्भावना रहेको छ। साथै बुधबार बेलुकाबाट शुक्रबारसम्म कर्णाली प्रदेश ,सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा र थोरै स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। यो सिजनमा मेघगर्जन / चट्याङ /हावाहुरी र असिना-पानीको समेत सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।
सो अवधिमा उच्च हिमालि भूभागमा पर्वतारोहण नगर्न तथा नगराउन हुन अनुरोध छ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
