FLASH NEWS
  • Loading...

शनिवार दिउँसोसम्म १०४ जना संक्रमित थपिए, थप रिपोर्ट आउँदै, सक्रिय संक्रमित ४ सयबढी

  • पुनहिल डट कम
  • २ साल अघि
  • ८९ पटक पढिएको
शनिवार दिउँसोसम्म १०४ जना संक्रमित थपिए, थप रिपोर्ट आउँदै, सक्रिय संक्रमित ४ सयबढी

म्याग्दीमा शनिवार दिउँसो १ बजेसम्म प्राप्त स्वाव परिक्षणको रिपोर्ट अनुसार १ सय ४ जना नयाँ कोरोना संक्रमित थपिएका छन । अव जिल्लामा सक्रिय संक्रमितको संख्या ४ सय नाघेको छ ।
स्वास्थ्य कार्यालयका अनुसार शनिवार अन्नपूर्ण गापामा ३१ जना, रघुगंगा गापामा ३० जना, मंगला गापामा २७ जना र बेनी नगरपालिकामा १६ जना नयाँ संक्रमित थपिएका हुन । यस लटमा अन्नपूर्णको ६, रघुगंगाको ३, बेनीको २ र मंगलाको ४ र ५ मा बढी संक्रमित देखिएको छ ।स्वास्थय कार्यालयका अनुसार होम आईसोलेसनमा बसेका संक्रमित र परिवारजनले स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण पालना नगरेको र होमआईसोलेसनको भौतिक अवस्थिती र पारिवारिक परिस्थितीले कोरोना संक्रमणबाट जोगिन गरिनु पर्ने स्वास्थ्य सुरक्षा मापदण्ड पालना नहुँदा गाउँमा कोरोना संक्रमण अनियन्त्रीत भैरहेको छ ।
पछिल्लो तीन दिनमा कोरोना संक्रमण दर बेनीका ७ र ८ मा घट्दो तथा अन्यत्र बढ्दो क्रममा रहेको देखिएको छ ।
‘कोरोना संक्रमितको संख्या चैतमा १ अड्ढबाट वैशाख महिनाभरमा तीन अड्ढले बढेको छ । संक्रमणको स्थिती भयावह वन्दै गएको छ’ स्वास्थ्य कार्यालय प्रमुख एकनारायण लम्सालले भने, ‘ थप सावधानी अपनाऔं । घरमा आईसोलेनमा बस्दा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन नसकिने भए स्थानीय तहले वा तोकिएका क्वारेन्टाईनमा बसौं । घरमा विरामीले प्रयोग गरेका जुठाभाँडा, कपडा अरुले प्रयोग गर्दा झन परिवारमा सर्दै गएको देखिएको छ ।’