FLASH NEWS
  • Loading...

शनिवार एकै दिन सर्वाधिक २३५ जना संक्रमित थपिए, स्थिती भयावह वन्दै

  • पुनहिल डट कम
  • २ साल अघि
  • १०२ पटक पढिएको
शनिवार एकै दिन सर्वाधिक २३५ जना संक्रमित थपिए, स्थिती भयावह वन्दै

म्याग्दीमा शनिवार एकै दिन सर्वाधिक धेरै २ सय ३५ जना कोरोना संक्रमित थपिएका छन ।
यो सँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ४ सय ४५ पुगेको छ । संक्रमित मध्य आज १० जनाले कोरोना जितेका छन ।
सार्वजनिक तथ्याड्ढले जिल्लाको कोरोना संक्रमण हरेक दिन भयावह वन्दै गएको देखिएको छ । चैतमा १ अङ्कको संक्रमणको तथ्याङ्क बैशाख अन्तीममा पुग्दा तीन अड्ढले बृद्धी हुन थालेपछि सर्वसाधारण आतंड्ढित बन्न थालेका छन ।
स्वास्थ्य कार्यालयका अनुसार शनिवार अन्नपूर्ण गापामा ७५ जना, रघुगंगा गापामा ५७ जना, मंगला गापामा २८ जना, मालिका गापामा १ जना, धवलागिरी गापामा ५ जना र बेनी नगरपालिकामा ६८ जना नयाँ संक्रमित थपिएका हुन । यी मध्य पिसिआर विधीबाट गरिएको परिक्षणमा २ सय २३ र एन्टीजीन विधीबाट १२ जनामा कोरोना पुष्टी भएको छ ।
शनिवार कोरोना पुष्टी भएका संक्रमितको तथ्याड्ढले म्याग्दीको कोरोना संक्रमणको अवस्था भयावह भएको संकेत गरेको छ । होमआईसोलेसनमा रहेका संक्रमित, संक्रमण भएको आशंका गरिएका विरामी, उनीहरुका परिवार र समुदायले अझै कडा सावधानी नअपनाउने हो भने स्थिती नियन्त्रण बाहिर जाने जोखिम बढेको छ ।
स्वास्थय कार्यालयका अनुसार होम आईसोलेसनमा बसेका संक्रमित र परिवारजनले स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण पालना नगरेको र होमआईसोलेसनको भौतिक अवस्थिती र पारिवारिक परिस्थितीले कोरोना संक्रमणबाट जोगिन गरिनु पर्ने स्वास्थ्य सुरक्षा मापदण्ड पालना नहुँदा गाउँमा कोरोना संक्रमण अनियन्त्रीत भैरहेको छ ।
‘कोरोना संक्रमितको संख्या चैतमा १ अड्ढबाट वैशाख महिनाभरमा तीन अड्ढले बढेको छ । संक्रमणको स्थिती भयावह वन्दै छ’ स्वास्थ्य कार्यालय प्रमुख एकनारायण लम्सालले भने, ‘थप सावधानी र स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन नसकिने संक्रमण नियन्त्रण बाहिर पुग्न सक्छ ।’