- Loading...
संकटका सारथी
- पुनहिल डट कम
- ३ साल अघि
- १८३ पटक पढिएको

जन्मनु र मर्नु जीवनको अकाट्य नियम हो । तर मर्ने रहर कसैलाई हुँदैन । आपद–विपदमा वा अप्ठ्यारो परिस्थितीमा पर्दा मान्छेले भगवान सम्झन्छ । र विपदमा असहाय बनेको मान्छे प्रतिकुलतासँग थाकेपछि कसैको सहयोगको अपेक्षा गर्छ ।
यतिवेला नयाँ भेरियन्टसहितको कोरोनाको दोस्रो लहर समुदायमा फैलिएसँगै कोरोना संक्रमितको उपचारमा अस्पतालमा भर्ना गर्ने ठाउँको अभाव छ । समुदायमा संक्रमितलाई गर्ने ब्यवहार पनि नकरात्मक बन्दै गएको छ । त्यस्तो संकटको वेला कसैको सानो सहयोगले पनि विरामीको आत्मबल बृद्धी हुन्छ । जीवन रक्षा हुन्छ ।
खाने, लाउने, घरपरिवार चलाउने र धनसम्पत्ति कमाउने सवैले गर्छन । तर केही त्यस्ता मनकारी मान्छे पनि हुन्छन जस्ले ति कुरालाई भन्दा मानवीय सेवालाई आफ्नो कर्तव्य सम्झन्छन । कति ब्यक्तिगत त कतिले संस्थागत रुपमा आपत विपतको संकटमा सारथी बन्न अघि सर्छन । तिनैमध्य आपत, विपत पर्दा जिल्लाबासीले पहिला सम्झने नाम हो, सुरत केसी ।
विश्वभर फैलिएको महामारी कोरोना भाईरस (कोभिड–१९) रोकथाम, नियन्त्रण तथा उपचारमा सकृय मानवतावादी कार्यकर्ता हुन, सुरत केसी (३५) । नेपाल रेडक्रस सोसाईटी म्याग्दी शाखाको उपमन्त्री रहेका केसी कोरोना संक्रमणको महामारीमा आफनै गाडीमा संक्रमितलाई अस्पताल पुऱ्याउने, स्वावलाई अस्पताल पुऱ्याउने जस्ता मानवीय सेवामा अहोरात्र जुट्दै आएका छन ।
रेडक्रसको तर्फबाट जिल्ला कोरोना संकट ब्यवस्थपन समितिमा सदस्य रहेका केसीले गाउँमा कोरोना संक्रमितलाई आफ्नो निजी गाडीमा उद्धार गर्ने, कोरोना संक्रमणबाट मृत्यु भएका शवलाई अन्तीम संस्कारकालागी घाटसम्मै पुऱ्याउने काम पनि उनैले गर्छन । संक्रमितलाई पिसिआर गराउने, पोजेटिभ आएका विरामीलाई होमआईसोलेसन वा तोकिएका आईसोलेनमा अस्पताल पुर्याउने सम्मका काम गर्छन ।
६५ पटकबटी रक्तदान गरेका केसी कोरोना महामारीमा मात्र होईन, जिल्लाका हरेक सानाठूला बाढीपहिरो जस्ता विपद होस वा दुर्घटनामा परेका ब्यक्तिहुन सवैको उद्धार सेवामा केसी जुटिहाल्छन । अन्य समय राजनितीमा विभाजन भएपनि आपत विपद पर्दा जिल्लाको हर कोही सुरत सम्झन्छन ।
‘सक्ने मान्छेले आफै गर्छ, नसक्नेकालागी पो हामीले सहयोग गर्नु पर्छ । आपत विपदमा जस्तो सुकै मानिसलाई पनि क्षणभरमा निरीह बनाईदिन्छ । त्यस्तो बेला धनसम्पत्ति, पद, प्रतिष्ठा सव गौण वन्छन । जीवन रहेन सव रहन्छ’ केसीले भने, ‘मानवीय सेवा गर्न पाउँदा आन्नन्द लाग्छ । खल्तीमा बोकेको मनग्य धन र विदेशमा सन्तानले कमाएको अर्वौ सम्पत्तिले विपदमा काम नगरेको देखेपछि मानवीय सेवामा लाग्न प्रेरणा मिल्यो ।’
त्यसैगरी जिल्लामा रोगब्याधी र विपदमा परेका ब्यक्तिको सहायताकालागी र अहिले कोरोना माहामारीको वेला गंगा जिसी फाउण्डेसन जस्ता संस्था पनि सकृय छ । गंगा जिसी फाउण्डेसन जिल्लामा प्रकृतिक विपद वा स्वास्थ्य विपदको वेला अप्ठ्यारोमा परेका ब्यक्तिलाई तत्काल राहत र उद्धार गर्ने क्षेत्रमा कृयाशिल रहेको छ ।
नयाँ भेरियन्ट सहित कोरोना संक्रमणको दोस्रो लहर समुदायमा ब्यापक फैलिएसँगै गंगा फाउण्डेसनले ५ वटा गाडी भाडामा लिएर एम्बुलेन्सको रुपमा गाउँ–गाउँका संक्रमितलाई स्थिानीय, जिल्ला र पोखरासम्मका अस्पताल पुर्याउँदै आएको छ ।
‘हामीले कोरोनाले च्याप्दै र गल्दै गएपछि होमआईसोलेसनमा बसेर र घरमै औषधी खाएर बस्नु हुँदैन, उनीहरुलाई तुरुन्त अस्पताल पुर्याउनु पर्छ । त्यसैले नि:शुल्क एम्बुलेन्स सेवा सुरु गरेका हौं’ गंगा जिसी फाउण्डेसनका अध्यक्ष नारायण जिसीले भने, ‘गाउँबाट सवै विरामी बोक्न एम्बुलेन्स पुग्दैन अर्को सवै गाडीले कोरोनाका विरामी बोक्न नमान्ने भएकोले गम्भीर संक्रमितको ज्यान बचाउन एम्बुलेन्स आवश्यक देखेका हौं ।’
त्यसैगरी जिल्लमा ओमकुमारी शान्ति कोष कुनै जिल्लावासी आर्थिक अभावकै कारण अस्पताल पुग्न नसकेर वा अस्पतालमा आर्थिक अभावले उपचार गर्न नसकेको विरामीको उपचारमा सहयोग गर्दै आएको छ । त्यस्तै लायन्स क्लवहरु पनि स्वास्थ्य सामाग्री स्थानीय तहलाई सहयोग गरेका छन ।
त्यसैगरी स्थानीय तहमा कोरोना संकट ब्यवस्थापन र उपचारमा केही जनप्रतिनिधीले निजी खर्चमा पनि संक्रमितलाई घरबाट स्वास्थ्य संस्था पुऱ्याउन र घर फर्कन सवारी दिएका छन । त्यसैमध्यका एक हुन, बेनी नगरपालिकाका मेयर हरीकुमार श्रेष्ठ । नगरभित्रका संक्रमितलाई स्वास्थ्य संस्थामा पुऱ्याउन चालकको पारिश्रमिक, इन्धन खर्च समेत आफैले ब्यहोर्ने गरी दुई वटा बोलेरो गाडी नगरपालिकााई निशुल्क दिएका छन ।
बेनी नगर क्षेत्रको कोरोना संकट ब्यवस्थापनमा खर्च गर्ने गरी बेनी नगरपालिकाका जनप्रतिनिधीले बैशाख महिनाको आधा महिनाको पारिश्रमिक वापतको ४ लाख र कार्यरत कर्मचारीले स्वच्छिक सहयोगबाट ४ लाख सहयोग गरेका छन ।
‘कोरोना संकट ब्यवस्थापन गर्न स्वास्थ्य सामाग्री, आईसोलेसन तथा अक्सिजन ब्यवस्थापनमा खर्च गर्न जनप्रतिनिधीहरुले आधा महिनाको सुविधा बराबरको ४ लाख र कर्मचारीरुले स्वच्छाले ४ लाखबढी सहयोग गरेका छौं’ बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले भने, ‘राज्यको भरले मात्र कोभिड नियन्त्रण हुँदैन । हामी जनप्रतिनिधी र कर्मचारीले पनि आर्थिक ब्ययमा योगदान आवश्यक छ ।’
त्यस्तै रघुगंगा गाउँपालिका भवबहादुर भण्डारीले पनि निजी सवारी साधन स्कारपीयो गाउँपालिका भित्रका संक्रमितलाई स्वास्थय संस्था पुऱ्याउन र घर फर्काउन प्रयोग गर्नेगरी प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीलाई हस्तान्त्रण गरेका छन । त्यस्तै मंगला गापा अध्यक्ष सतप्रसाद रोकाले पनि आफ्ना निजी सवारी संक्रमित बोक्न दिएका छन ।
त्यस्तै बेनीको मुक्तिनाथ हार्डवयरका तप्तबहादुर भण्डारीले २ लाख लागतमा बेनी अस्पताललाई अक्सिजन कन्सल्नेटर र स्वास्थय सामाग्री सहयोग गरेका छन । रघुगंगा, २ का पदम भण्डारीले एक लाख रुपैयाँ कोरोना ब्यवस्थापनमा खर्च गर्न अस्पताललाई सहयोग गरेका छन ।
‘कोरोना संकटको वेला म्याग्दी युवा आवाज, मोना, लायन्स समेत विभिन्न संस्थाले सारथीको रुपमा सहयोग गरिरहेका छन’ बेनी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष वेलबहादुर कटुवालले भने, ‘सरकार एक्लैले सामान्य अवस्थामा त केही गर्न सक्दैनथ्यो, यो विपदतमा नागरिक सहयोग नभै कोरोना नियन्त्रण संभवन नै छैन ।’
त्यस्तै, म्याग्दीबाट विदेशमा गै पेशा, ब्यवसाय र रोजगारीमा रहेका जिल्लावासीको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना)पनि कोभिड संकटमा मात्र होईन जिल्लामा अन्य समयमा मनसुनजन्य विपदमा पनि सारथीको रुपमा उभिदै आएको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
