- Loading...
साताभरि सङ्क्रमण दर र मृत्यु उच्च
- पुनहिल डट कम
- ३ साल अघि
- १६७ पटक पढिएको
नेपालमा थप ८,५२० जनामा कोरोनाभाइरस सङ्क्रमण र २०३ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
पीसीआर विधि र एन्टिजन विधिबाट २१,४७८ परीक्षण गर्दा अहिले त्यति सङ्ख्यामा सङ्क्रमितहरू फेला परेका हुन्।
मन्त्रालयले प्रकाशित गरेको तथ्याङ्कमा शुक्रवार पनि काठमाण्डू उपत्यकामा धेरै सङ्क्रमित फेला पर्ने क्रम जारी रहेको देखिन्छ।
सरकारले गत साता मङ्गलवार ७,६६० जनामा सङ्क्रमण र ५५ जनाको मृत्यु, बुधवार ८,६५९ जनामा सङ्क्रमण र ५८ जनाको मृत्यु, बिहीवार थप नौ हजार जनामा कोरोनाभाइरस सङ्क्रमण र ५४ जनाको मृत्यु, शुक्रवार ९,१९६ जनामा सङ्क्रमण र ५० जनाको मृत्यु र शनिवार ८,४१८ जनामा कोरोना भाइरस सङ्क्रमण र ५३ जनाको मृत्यु भएको जनाएको थियो।
त्यसैगरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतवार थप ८,८५० जनामा सङ्क्रमण र पहिला तथ्याङ्कमा नपरेकासहित ८८ जनाको मृत्यु, सोमवार ९२७१ जनमा सङ्क्रमण र १३९ जनाको मृत्यु,, मङ्गलवार ९,४८३ जनामा सङ्क्रमण र २२५ जनाको मृत्यु, बुधवार ९,३०५ जनामा सङ्क्रमण र १६८ जनाको मृत्यु तथा बिहीवार कोभिड बिरामी ८,९६० जनामा कोरोनाभाइरस सङ्क्रमण, २१४ जनाको को मृत्यु पुष्टि गरेको थियो।
मन्त्रालयका अनुसार यो साता आइतवारदेखि प्रकाशित दैनिक विवरणमा २४ घण्टामा बाहेक विभिन्न मितिमा मृत्यु भएका व्यक्तिको सङ्ख्या पनि समाविष्ट छ। bbc.com/nepali