FLASH NEWS
  • Loading...

शुक्रवार थपिए ५८ जना संक्रमित, २२३ जना सक्रिय संक्रमित

  • पुनहिल डट कम
  • २ साल अघि
  • ९९ पटक पढिएको
शुक्रवार थपिए ५८ जना संक्रमित, २२३ जना सक्रिय संक्रमित

म्याग्दीमा शुक्रवार थप ५८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । योसँगै जिल्लामा २ सय २३ जना सक्रिय संक्रमित आईसोलेसन तथा होमआईसोलेसनमा छन ।
कोरोनाका लक्षणचिन्ह देखिएका विरामीबाट संकलन गरिएको ९ सय २ वटा स्वावको नमुना परिक्षणकालागी पठाईएकोमा पिसिआर रिपोर्ट आउन बाँकी छ । आज छुट्टै २३ जना कोरोना मुक्त भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार शुक्रवार बेनीनगरपालिकामा सर्वाधिक धेरै ३८ जना, रघुगंगा गापामा ६, मालिका गापामा ४ जना, अन्नपूर्ण गापामा २ जना, मंगला गापामा २ जना र जलजला गापामा ६ जनामा कोरोना पुष्टी भएको हो ।
जलजला गापा पर्वत जिल्लामा पर्ने भएपनि बेनी अस्पतालको सेवा क्षेत्र भित्र पर्ने र बेनी अस्पतालमा आएका विरामीबाट संकलन गरिएको स्वावको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो ।