पर्यटनको एक परिचय

१६ जेष्ठ २०७८, आईतवार मा प्रकाशित (3 महिना अघि)
पुनहिल संवाददाता
पर्यटन यात्रासँग सम्बन्धित विषय हो । अघि मानिसहरू व्यापार र तीर्थ यात्राका क्रममा एक ठाउँबाट अर्को ठाउँको यात्रा गर्ने गर्दथे । पछि यात्रालाई पनि व्यावसायीकरण गरियो र यसैलाई पर्यटनका रूपमा लिन लागियो । यसलाई एक महत्वपूर्ण आर्थिक गतिविधिको माध्यम पनि मान्न थालिएकोछ । यसले गर्दा पर्यटन शब्दको अर्थ पनि बृहत्तर हुँदै गयो । पर्यटनलाई महत्वपूर्ण आर्थिक गतिविधिको माध्यम तथा व्यवसायका रूपमा लिन लागेपछि यसलाई मनोरञ्जनका लागि र धर्म गर्न घुम्ने अर्थमा लिन लागियो । यात्रालाई व्यवसायीकरण गरिएपछि यसले उद्योगको रूप लिने लागेको हो । तसर्थ हाल पर्यटनलाई एक प्रकारको उद्योग मानिन्छ । पर्यटन के हो भन्ने सबालमा कुनै विदेशीका कृयाकलाप, जुन कुनै निश्चित देश, क्षेत्र र शहरभित्र पस्ने, रहने र हिंडडुल गर्ने कार्यका साथै आर्थिक गतिविधिसँग सम्वन्धित विषयवस्तुलाई पर्यटन भन्ने गरिएको छ । यहाँ यात्रा गर्ने व्यक्तिलाई विदेशी भनिएको छ, तर कुनै व्यक्ति आप्नै देशभित्र यात्रा गर्दछ भने ऊ पनि पर्यटक मानिन्छ । यसको मतलव कुनै पनि यात्रीको अर्को देशको यात्रामात्र पर्यटन हो भन्ने मान्यता रहँदैन । आप्नै देशभित्रका विभिन्न स्थानहरूको यात्रा गर्ने व्यक्ति पनि पर्यटक मानिन्छ । तर उसबाट आर्थिक गतिविधि भएको या यात्राका शिलशिलामा केही रकम खर्च गरेको हुनुपर्दछ । यता पर्यटन आर्थिक पक्षसँग गाँसिएको विषयवस्तु रहेकाले यात्रा गर्ने व्यक्तिले यात्राका क्रममा पैसा खर्च गरेन भने त्यसलाई पर्यटक मान्न सकिंदैन । यसरी पर्यटन र पर्यटक आन्तरिक र वाह्य दुवै प्रकारका हुन्छन् । आप्mनै देशमा घुमफिर गर्ने पर्यटक आन्तरिक र अर्को देसको भ्रमण गर्ने भने बाह्य पर्यटक हुने गर्दछन् । पर्यटनको कार्य देशभित्र विदेशी मुद्रा भित्र्याउनु पनि हो । यसबाट ज्यादा फाइदा होटल व्यवसायीलाई हुन्छ भने यसले देसको अर्थव्यवस्थाका विविध पक्षमा प्रभाव पारिरहेको हुन्छ । यसरी पर्यटन विशुद्ध रूपमा आर्थिक गतिविधिसँग जोडिएको हुन्छ । पर्यटनलाई आर्थिक गतिविधि र कुनै पनि मुलुकको आर्थिक उन्नयनको माध्यमा मानिएको छ । यसबाट आन्तरिक रूपमा आर्थिक गतिविधि तिब्र हुन्छ भने बाह्य पर्यटकबाट विदेशी मुद्रसमेत प्राप्त गर्न सकिन्छ । तर पनि यहाँ विदेशी पर्यटकलाई मात्र महत्व दिन भने सकिंदैन । आन्तरिक र बाह्य पर्यटक दुवैको पर्यटनमा समान महत्व रहने गर्दछ । समय विताउन र व्यापार व्यवसायका लागि कम्तिमा २४ घन्टाका लागि अर्को मुलुकको भ्रमणमा जाने पर्यटकलाई भने अन्तर्राष्ट्रिय पर्यटक भन्ने गरिन्छ । वास्तवमा कुनै पनि व्यक्ति पर्यटक हुनका लागि कम्तिमा पनि २४ घन्टा या एक रात अर्को स्थानमा बसेकै हुन आवश्यक छ । यस अर्थमा विहान कुनै ठाउँमा गएर बेलुका आप्mनै घरमा फिर्नुलाई पर्यटन मान्न सकिंदैन । तसर्थ पर्यटन फुर्सदको घुमाई सँग सम्बन्धित छ, जुन मनोरञ्जन, भेटघाट, तीर्थयात्रा, भेला, मिटिङ्ग तथा सभासम्मेलनमा भाग लिने जुनसुकै प्रयोजनसँग पनि सम्वन्धित रहन सक्दछ । घुम्ने स्वागतकर्ता  दुवै पक्षको आवश्यकता पर्यटनका लागि पर्दछ । यस सन्दर्भमा यात्रिलाई पाहुना र स्थानीयलाई स्वागतकर्ता भनिन्छ । पाहुनाले आपूm नयाँ ठाउँमा गएर स्थानीयबाट सेवा लिन्छ र स्वागतकर्ताले सेवा र सामान वापत यात्रिसँग मूल्य लिने गर्दछ । यसबाट आर्थिक गतिविधि समेत हुने भएकाले पर्यटनलाई उद्योगका रूपमा लिने गरिएको हो । यसैगरी आपूmलाई चाहिने सवै सामाग्रीहरू जस्तो खाने, सुत्ने र अन्य आवश्यक वस्तु आफैं बोकेर हिंड्नु पर्यटन नभएर यात्रामात्र हो । तसर्थ आरामले छुट्टि बिताउन, मनोरञ्जन गर्न, उपचार गर्न, तीर्थयात्रा गर्न, व्यापारव्यवसाय गर्न र आफन्तसँग भेटघाट गर्न गरिने यात्रा पर्यटन हो र त्यसरी घुम्ने व्यक्तिलाई पर्यटक भनिन्छ । मानिसहरूको अस्थायी यात्राबाट पर्यटनको प्रादुर्भाव हुने गर्दछ । तसर्थ बसाईं सर्नु, नोकरी र अध्ययन गर्न घरबाहिर बस्नु र धर्मशाला या आफन्तको घरमा निशुल्क खानपिन गरी बस्नुजस्ता कार्यलाई पर्यटन मान्न सकिंदैन । यसका लागि स्वागतकर्ता र पाहुना दुवैको अस्तित्व आवश्यक छ र स्वागतकर्ताले सेवा दिएवापत सेवाशुल्क पाउने अवस्थामा सिर्जना हुन आवश्यक हुने गर्दछ । कुनै पनि स्थानको पर्यटन विकासका लागि त्यस स्थानमा पर्यटकहरूले घुमफिर गर्ने गर्नु पर्दछ । पर्यटक उनीहरूका चासोका विषयवस्तु हेर्न तथा तिनीहरूका बारेमा जानकारी लिनका लागि कुनै पनि स्थानको भ्रमण गर्ने गर्दछन् । तसर्थ पर्यटनका लागि  त्यस्ता स्थानका तान्नेले प्रभाव पारेको हुन्छ । पर्यटकहरूले टेलिभिजन, रेडियो, अन्य माध्यमका विज्ञापन, ट्राभल एजेन्सीहरू, होटल, गाइडबुक, लेखरचना, क्लब, आफन्त, साथिभाई र यातायात कम्पनिका माध्यमबाट त्यस्ता ठाउँका बारेमा जानकारी पाउने र तिनीहरूको भ्रमणका गर्ने गर्दछन् । विशेषगरी जङ्गलसम्बन्धी, जमिनको सतहमा पाइने र मानव सभ्यतासँग सम्बन्धित श्रोतहरू पर्यटकका लागि तान्ने हुने गर्दछन् । ताल, नदी, हिउँ, गल्छी, पहाड, उपत्यका, बेंसी, फाँट, मानवका स्थानीय चाडपर्व, उत्सव, लोकगीत, हस्तकला, शीप, परम्परा, भेषभूषा, म्यूजियम, स्मारक, धार्मिक स्थल, युद्ध र खेल उत्सव, सिनेमा, बार र रेस्टुरेन्टजस्ता जुनसुकै तत्वहरू पनि पर्यटकका तान्ने तत्व हुन सक्तछन् । यसका साथै मेला, प्रदर्शनि, सम्मेलन र किनमेल गर्ने स्थानहरू समेत पर्यटकलाई तान्ने तत्व हुने देखिन्छन् । कुनै पनि स्थानका मानिसहरूको अतिथि सत्कार परम्परा, शान्ति सुरक्षाको अवस्था र अन्य परिस्थितिले समेत पर्यटकहरूलाई तान्ने गर्दछ ।