मल्लाजमा बन्यो ७ बेडको आईसोलेसन

३१ बैशाख २०७८, शुक्रबार मा प्रकाशित (4 महिना अघि)
पुनहिल संवाददाता
कोरोना संक्रमण फैलिएपछि जललजा गाउँपालिका, ७ मल्लाजमा ७ बेड क्षमताको आईसोलेसन निर्माण भएको छ । स्थानीय डम्बर जिसीका अनुसार जलजला गाउँपालिकाको सहयोगमा मल्लाज स्थित वडा कार्यालयमा शुक्रवारदेखी अक्सिजन सिलिण्डर र स्वास्थ्यकर्मी सहित ७ वेड आईसोलेसन संञ्चालनमा ल्याईएको छ । आईसोलेसनमा शुक्रवार नै कोरोना संक्रमित एक जना महिला राखेर उपचार सुरु गरिएको छ ।