Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

मुस्ताङमा आजदेखि निषेधाज्ञा

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २०३ पटक पढिएको
मुस्ताङमा आजदेखि निषेधाज्ञा

 हिमालपराीको जिल्ला मुस्ताङमा आज (बिहिबार) देखि लागु हुनेगरी निषेधाज्ञा जारी भएको छ।

जिल्लामा कोरोनाको दोश्रो लहर फैलिएको भन्दै यसको रोकथाम तथा नियन्त्रणका लागि बिहिबार रातिदेखि एक सातासम्म निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको सिफारिसमा जिल्ला सुरक्षा समितिको बैठकको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो।

मुस्ताङको थासाङ, घरपझोङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका भित्र लागु हुने गरी निषेधाज्ञा जारी गरिएको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी जगदीश अर्यालले जानकारी दिए।

मुस्ताङमा समेत कोरोना माहामारीको भयावह अवस्था भएकाले यसको रोकथाम तथा न्यूनिकरण गर्ने उद्देश्यले निषेधाज्ञा जारी गर्नु परेको सहायक प्रमुख जिल्ला अधिकारी अर्यालको भनाइरहेको छ। उनका अनुसार निषेधाज्ञा अवधिभर संक्रमण जोखिम रहेको तीन स्थानीय तहमा अत्यावश्यक सेवा बाहेक सबै सेवा ठप्प हुने छन्।

मुस्ताङ भित्रिने जोकोही व्यक्तिले अनिवार्य क्वारेन्टाईन बस्ने प्रतिबद्धता र सुनिश्चिता भएको अवस्था मात्र मुस्ताङ प्रवेशको अनुमती दिने प्रशासनले जनाएको छ।

यस्तै, कोरोनाको दोश्रो लहरसँगै गत बैशाख ११ गतेदेखि बन्द रहेको मुस्ताङको पवित्र धार्मिक स्थल मुक्तिनाथ मन्दिर थप १५ दिनका लागि बन्द गर्ने निर्णय भएको छ।

मुक्तिनाथ मन्दिर जेठ १५ गतेसम्म लागि बन्द गर्ने सीसीएमसीले निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिए। मुस्ताङमा बुधबारसम्ममा ७६ जना सङ्क्रमित रहेका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल