- Loading...
यस्तो बन्दै छ, नयाँ पार्टी
- पुनहिल डट कम
- ३ साल अघि
- ४४५ पटक पढिएको

कोरोना महामारीको विषय संकटका विच नयाँ पार्टी जन्माउन नेपाली राजनितीकको प्रसुती कक्षमा केही नेताहरुलाई प्रसव प्रयासमा रहेको चर्चा छ ।
‘जुँगाको लडाई’ हुँदाखाँदाको दुई तिहाईको सरकार ढालेर ‘कुकुरको पुच्छर काटी……..सजिलो’ भन्ने नेपाली उखानलाई चरितार्थ गर्दै आएका एमालेको एउटा खेमा नयाँ पार्टी गठनको प्रकृयामा लागेको विभिन्न संञ्चारमाध्यममा सार्वजनिक भएका छन । सो पार्टीको नाम, नेतृतव र चुनाव चिन्हसमेतको खाका बनाईरहेको खवरहरु सार्वजनिक भएका छन ।
मिडियामा सार्वजनिक खवर अनुसार पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नयाँ दलको खाका तयार गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीविरोधी बहुमतको गठबन्धन बन्ने निश्चित भएमा नेपाल समूहका सांसदहरुले राजीनामा दिएर नयाँ दल निर्माण गर्ने खाका समेत तयार गरेका हुन् । त्यसका लागि उनले गठबन्धनमा आफ्नो निश्चित शर्त समेत प्रस्तुत गरेका छन् ।
नयाँ दलको नाम नेपाली कम्युनिस्ट पार्टी वा नेकपा समाजवादी हुनेछ । अध्यक्षमा माधवकुमार नेपाल र बामदेव गौतम रहनेछन् । वरिष्ठ नेतामा झलनाथ खनाल रहनेछन् । दलको चुनाव चिन्ह सुर्य चिन्हभित्र पाँचवटा तारा राखेर मागिने तयारी भएको छ । जनताको बहुदलीय जनवाद नै पार्टीको सिद्धान्त रहनेछ ।
महासचिवमा भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमध्ये दुईजनालाई राख्ने, उपमहासचिवमा गोकर्ण बिष्ट र योगेश भट्टराई रहने गरी तयारी भएको छ । ७ उपाध्यक्ष र ७ सचिव रहने र अधिकांश युवाहरुलाई स्थान दिने तयारी भएको छ । महिलालाई पदाधिकारीमा बढी स्थान दिने गरी तयारी भएको बुझिएको छ ।
सम्भवतः माधव नेपालले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग राखेको शर्तमा लिखित सहमति भएमा २० प्रत्यक्ष निर्वाचित सहित माधव नेपाल समूहका सांसदहरुले राजीनामा दिएर नयाँ दल दर्ताको प्रक्रियामा भोलि नै जाने भएका छन् । शर्त बमोजिम २० जनाले राजीनामा दिएको स्थानमा तत्काल उपनिर्वाचन गरी उनीहरुलाई नै जिताउन गठबन्धन दलबाट उम्मेदवारी नहुने उल्लेख छ ।
माधव नेपालले एक वर्ष गठबन्धनबाट कुनै नेता प्रधानमन्त्री बनेमा चुनाव गर्दा ६ महिना आफू बन्न पाउनुपर्ने शर्त पनि सारेको बुझिएको छ । शर्त पूरा भएमा भोलि नै नेपाल अगाडि बढ्ने विश्वस्त स्रोतले जानकारी दिएको छ । नेकपा माओवादी केन्द्रबाट निष्काशित ४ प्रतिनिधि सभा सदस्य खाली रहेको सिटमा उपनिर्वाचन हुँदा सोही दलका उम्मेदवारलाई नै गठबन्धनले साझा उम्मेदवार बनाउने सहमतिको खाकामा उल्लेख छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम दुई वा सोभन्दा बढी दलको बहुमतप्राप्त सरकार गठनको आव्हान गरेको समय सकिदै जाँदा ओलीविरोधी गठबन्धनमाथि दबाब बढ्दै गएको छ । ३० वैशाखको साँझ ९ बजेभित्र गठबन्धनबाट बहुमतको दाबी प्रस्तुत गरेर सरकार गठनमा नबढे ओली नै फेरि प्रधानमन्त्री बन्ने सम्भावना रहन्छ । त्यसपछि ओलीविरोधी गठबन्धनबाट सरकार बनाउने सम्भावनाको ढोका बन्द हुनसक्छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
