FLASH NEWS
  • Loading...

गण्डकी मुख्यमन्त्रीमा फेरि पृथ्वीसुव्वा नियुक्त

  • पुनहिल डट कम
  • २ साल अघि
  • ७४ पटक पढिएको
गण्डकी मुख्यमन्त्रीमा फेरि पृथ्वीसुव्वा नियुक्त

गण्डकी प्रदेश मुख्यमन्त्रीमा पुनः पृथ्वीसुब्बा गुरुङ नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले बुधबार साँझ उनलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।

जनमोर्चाका सांसद कृष्ण थापा र खिमविक्रम शाहीद्धारा आफु तटस्थ रहेको घोषणा गरेसंगै प्रदेशको मुख्यमन्त्रीका लागि दावी पेस गरेका नेपाली कांग्रेसका कृष्ण चन्द्र नेपाली पोखरेलले बहुमत नपुग्ने भएको हो ।  नेपालीले वहुमत पुष्टी गर्ने नसकेपछि प्रदेशसभामा ठूलो दलको हैसियतमा एमालेकै सरकार बन्ने भएको छ । प्रदेश प्रमुख कार्यालयले ३१ जनाको हस्ताक्षर नपुगेको र चारै दलको आधिकारीक पत्र पनि नआएको भन्दै पृथ्वीसुब्बा गुरुङलाई नै मुख्यमन्त्रीमा नियुक्त गर्न लागेको जानकारी दिएको छ ।

अब प्रदेश प्रमुखको कार्यालयमा एमाले संसदीय दलका नेता गुरुङलाई सपथ ग्रहण गराउन लागिएको छ । सपथग्रहणका लागि गुरुङ प्रदेश प्रमुखको कार्यालयमा पुगिसकेका छन् ।

प्रदेश प्रमुख पौडेलले १६८ (३) अनुरुप संसदमा ठूलो दलको हैसियतले नेकपा (एमाले) संसदीय दलका नेता गुरुङलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् । उनलाई आजै सपथ खुवाउने तयारी भएको छ ।

 

यसअघि, काँग्रेस सहित ४ दलको गठबन्धनले मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री नियुक्ति गरिनुपर्ने दाबी गर्दै प्रदेश प्रमुखसमक्ष निवेदन बुझाएका थिए । जसमा बहुमत सदस्यको हस्ताक्षर थिएन ।