FLASH NEWS
  • Loading...

आज साँझ बेनी अस्पतालमा एक जना संक्रमितको मृत्यु

  • पुनहिल डट कम
  • २ साल अघि
  • ९८ पटक पढिएको
आज साँझ बेनी अस्पतालमा एक जना संक्रमितको मृत्यु

कोरोना संक्रमित ४१ बर्षिय पुरुषको आज साँझ बेनी अस्पतालमा उपचारक्रममा मृत्यु भएको छ ।
बेनी नगरपालिका, ५ का यी पुरुषमा आजै कोरोना पुष्टी भएको थियो । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामै कोरोना पुष्टी भएका ९ जनाको मृत्यु भएको छ । त्यसैगरी जिल्लामा विरामी भै थप उपचारकालागी पोखरा, काठमाडौका अस्पतालमै कोरोना पुष्टी भएका र उपचार क्रममा मृत्यु भएका ५ जना र पोखरा, काठमाण्डौ समेतका ठाउँमा बसोबास भएका तर म्याग्दी घर ठेगाना भएका ५ जना समेत बैशाख महिनायता २० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
त्यसैवीच
गण्डकी प्रदेश श्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार बुधवार म्याग्दीमा ४१ जना संक्रमित थपिएका छन । थपिएकामध्य बेनी नगरपालिकाका २५ र धवलागिरीका १६ जना रहेका छन ।