FLASH NEWS
  • Loading...

कोरोना संक्रमण थेग्नै नसक्ने गरी फैलियो

  • पुनहिल डट कम
  • २ साल अघि
  • १३५ पटक पढिएको
कोरोना संक्रमण थेग्नै नसक्ने गरी फैलियो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी कोरोना संक्रमण फैलिएको भन्दै आमनागरिकलाई संवेदनशील बन्न आग्रह गरेको छ । मन्त्रालयले सूचना जारी गर्दै २२ जिल्लामा कोरोना संक्रमण डरलाग्दो गरी फैलिएकाले यस्तो आग्रह गरेको हो ।

मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली कञ्चनपुर लगायतका जिल्ला कोरोनाको हटस्पट बनेको छ । यी जिल्लाहरुमा स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकाले अस्पतालमा राखेर हेरचाह गर्न र बेड उपलब्ध गराउन नसकिने अवस्था सिर्जना भएको मन्त्रालयको भनाई छ ।

त्यसैले संक्रमण रोकथाममा जनस्वास्थ्यका मापदण्डहरु पालना गर्न, देश विदेश जाने आउने वा आन्तरिक बाह्य पर्यटनका लागि कहिँ कतै जाने कामहरु पूर्ण रुपमा बन्द गर्न र भीडभाड नगर्न मन्त्रालयले अनुरोध गरेको छ ।