FLASH NEWS
  • Loading...

कोरोनाबाट थप दुई जनाको मृत्यु, बैशाखमा मात्र म्याग्दीका ११ जनाको ज्यान गयो

  • पुनहिल डट कम
  • २ साल अघि
  • ११५ पटक पढिएको
कोरोनाबाट थप दुई जनाको मृत्यु, बैशाखमा मात्र म्याग्दीका ११ जनाको ज्यान गयो

कोरोनाबाट म्याग्दीमा थप २ जनाको मृत्यु भएको छ ।
बेनी नगरपालिका, ८ बेनी क्याम्पसचोकमा बस्दै आएका करिव ५० बर्षका एक राई थरका मजदुरको बेनी अस्पतालमा कोरोनाबाट ज्यान गएको छ । बेनी र म्याग्दीका अधिकांश घरमा खानेपानी, शौचालय समेतको पाईपलाईन राखेका राईलाई वैशाख २३ गते कोरोना पुष्टी भएको थियो । होमआईसोलेसनमा रहेका राईलाई गाहे भएपछि २७ गते साँझ अस्पताल पुऱ्याईएकोमा उपचारक्रममा राती मृत्यु भएको बेनी अस्पतालले जनाएको छ ।
त्यसैगरी सोमबार धवलागिरी गाउँपालिका, २ लुलाङ्गका ३७ बर्षिय कोरोना संक्रमित पुरुषको गण्डकी मेडिकल कलेज पोखरामा उपचारक्रममा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार वैशाख महिना लागेयता म्याग्दीका ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।