FLASH NEWS
  • Loading...

देविस्थानमा एकै रात, उही ठाउँमा ११ बर्षिया बालिका बलात्कृत र युवाको हत्या

  • पुनहिल डट कम
  • २ साल अघि
  • १८१ पटक पढिएको
देविस्थानमा एकै रात, उही ठाउँमा ११ बर्षिया बालिका बलात्कृत र युवाको हत्या

मालिका गाउँपालिका, ५ देविस्थानका २३ बर्षिय बिजय विकले छिमेकी ११ बर्षिया बालिका बलात्कार गरेको किटानी जाहेरी प्रहरी कार्यालयमा दर्ता भएको छ । आरोपी फरार छन ।
गत १४ गते दिलबहादुर श्रीपालीको विवाह कार्यक्रम चलिरहेको थियो । पोखरामा कार्यरत भाई विजय सोही विवाहमा सहभागी हुन आएका थिए । विवाहको राती अन्दाजी ९ बजेतिर दुलाहका सहोदर भाई विकले छिमेकी परिचित बालिकालाई विवाह घरको पछाडी पाखोमा पुर्‍याई बलत्कार गरेको आफन्तले ढिलागरी वैशाख १९ गते किटानी जाहेरी दिएको प्रहरीले जनाएको छ ।
फरार आरोपीको खोजी र घट्नाको अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी प्रमुख प्रहरीनायव उपरिक्षक श्यामकुमार राईले बताए ।
त्यसैगरी वैशाख १४ गते रातीदेखी वेपत्ता रहेका मालिका गाउँपालिका, ५ दविस्थानकै २७ बर्षिय धजेन्द्र पुनको आईतवार मार्चुला सामुदायीक वन छेउको पाखामा रहेको सुरुङमा ढुङ्गाले थिचेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
पुनका आफन्तले शनिवार मात्र धजेन्द्र पुन वैशाख १४ गतेदेखी वेपत्ता भएको भन्दै प्रहरीमा उजुरी दिएका थिए । आईतवार स्थानीय जंगल जाने क्रममा दुर्गन्ध आएपछि वडाध्यक्षलाई खवर गरेको र स्थानीयले खोज्दा शव फेला परेको बताईएको छ ।

‘शव र घट्नास्थल हेर्दा एक्लै कर्तब्य गरेको होईन, सामुहीक संलग्नतामा हत्या गरेको देखिन्छ । घट्नाको अनुसन्धान सुरु गरेका छौं’ प्रनाउ राईले बताए ।
प्रनाउ राईका अनुसार एकै रात, एकै स्थानमा दुई फरक प्रकृतिको अपराधिक घट्ना घटेको दुवै घट्नाका जाहेरी र सुचना प्रहरीमा ढिलो आएको प्रहरीले जनाएको छ ।