FLASH NEWS
  • Loading...

कोरोनाबाट आईतवार वृद्धको मृत्यु, तीन हप्तामा ७ जनाको ज्यान गयो

  • पुनहिल डट कम
  • २ साल अघि
  • १२२ पटक पढिएको
कोरोनाबाट आईतवार वृद्धको मृत्यु, तीन हप्तामा ७ जनाको ज्यान गयो

आईतवार एक बृद्धको कोरोनाबाट मृत्यु भएको छ ।
अन्नपूर्ण गाउँपालिका, २ ठूलोवगरमा नारायण मन्दीरको आश्रममा बस्दै आएका ताप्लेलुङ्गको साविक चाक्सीवोटे गाविस, ६ घर भएका अन्दाजी ७२ बर्षिय बृद्ध रघुनाथ पौडेलको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
आईतवार अन्नपूर्ण गापा, ६ रातोपानी स्थित तातोपानीको धारामा नुहउँदै गर्दा ढलेको बृद्धको अन्नपूर्ण गापाका स्वास्थ्यकर्मीले एन्टिजीन परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । स्वासप्रश्वासमा समस्या भएका बृद्धको लगत्तै थप उपचारकालागी बेनी अस्पताल पुऱ्याई अक्सिजन दिन खोज्दा मृत्यु भएको थियो ।
त्यसैगरी मालिका गाउँपालिका, ५ का ५८ बर्षिय पुरुषको शनिवार मणीपाल शिक्षण अस्पतालमा कोरोना संक्रमण भै मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । घरमा विरामी भै अस्पताल पुर्‍याईएका ति पुरुषको अस्पतालमै कोरोना संक्रमण पुष्टी भएको हो ।
स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार वैशाख महिनाको पछिल्लो तीन हप्तामा बेनी नगरपालिकाका २ जना, रघुगंगा गापाका २ जना, धवलागिरी, मालिका र अन्नपूर्ण गापाका १–१ जनागरी ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।