- Loading...
गण्डकीका ११ अध्यक्षले भनेः एमाले पार्टी जोगाइदिनुस्’
- पुनहिल डट कम
- ३ साल अघि
- ३३९ पटक पढिएको

नेकपा एमालेका गण्डकी प्रदेश अन्तरगतका ११ वटै जिल्ला अध्यक्षहरुले पार्टी विभाजनबाट रोक्न केन्द्रीय नेताहरुसँग आग्रह गरेका छन ।
उनीहरुले शुक्रवार प्रेस विज्ञप्ती प्रकाशित गरी पार्टी गम्भीर संकटमा फसेको र यसले नेपाली कम्युनिष्ट आन्दोलनमा समेत गम्भीर धक्दा पुग्ने भन्दै एकता जोगाउन आग्रह गरेका छन ।
नेकपा एमाले गतीशिल र जीवन्त पार्टी मात्र होईन नेपाली कम्युनिष्ट आन्दालनको अगुवा पार्टी पपनी हो ।यस पार्टीमा विगत केही समयदेखी आन्तरिक अन्र्तविरोध देखा परेकोले यो अन्तरसंर्षले पार्टीलाई क्षति पुऱ्याई रहेको महसुस गरेका छौं । कम्युनिष्ट पार्टीको इतिहास, आदर्श, मुल्यमान्यता र जनता प्रतिको जवाफदेहितालाई आत्मसाथगरी आदरणीय नेताहरु एकतावद्ध भै एमालेलाई फुटवाट जोगाउन अनुरोध गर्दछौं ।
विज्ञप्ती प्रकाशित गर्नेहरुमा कास्कीका कृष्णबहादुर थापा, स्याङ्जाका सूर्यप्रसाद शर्मा, तनहुँका केदार सिग्देल, लम्जुङ्गका धनञ्जय दवाडी, गोरखाका प्रेमबहादुर गुरुङ्ग, पर्वतका पदम गिरी, बाग्लुङ्गका इन्द्रलाल सापकोटा,म्याग्दीका हरीकृष्ण श्रेष्ठ, मुस्ताङ्गका चत्न्द्रमोहन गौचन, मनाङगका पाल्तेन गुरुङ्ग र नवलपुरका रोशन गाहा मगर रहेका छन ।
गण्डकीका विज्ञप्ती प्रकाशित गर्ने अध्यक्षहरुमध्य १० जना ओली पक्षका र एक जना माधव नेपाल पक्षका अध्यक्ष छन ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
