FLASH NEWS
- Loading...
सिटि भ्यालु के हो ? यो घटी वा बढी हुँदा के हुन्छ ? – डा. रवीन्द्र पाण्डे
- पुनहिल डट कम
- ३ साल अघि
- २६५ पटक पढिएको

दोस्रो लहरको उछालसंगै नेपालमा कोरोना संक्रमितको संख्या बढिरहेको छ | पिसिआर पोजिटिभ आएका हरेक व्यक्तिलाई सिटि भ्यालुमा धेरै चासो देखिएको छ | सिटि भ्यालुबारे फरकफरक धारणाको कारण धेरै व्यक्तिमा कन्फ्युजन देखिएको छ |
– सिटि भ्यालु संक्रमितको नाक वा घाँटीमा भएको भाइरसको लोड हो | यो फोक्सोमा भएको भाइरसको लोड हैन | तसर्थ सिटि भ्यालु बढी अंकमा हुँदा सुरक्षित भइने र सिटि भ्यालु थोरै अंकमा हुँदा खतरा हुने हुँदैन |
– सिटि भ्यालुलाई धेरै कुराले असर गर्छ | नाकबाट लिइएको स्याम्पल र घांटीबाट लिइएको स्याम्पलमा पनि सिटि भ्यालु फरक हुन्छ | त्यस्तै स्वाब कसरी लिइयो ? कति मात्रामा लिइयो ? त्यसलाई कसरी सुरक्षण, परिवहन र परीक्षण गरियो ? परीक्षण गर्दा कस्तो किट वा रिएजेन्टको प्रयोग गरियो ? कस्तो जनशक्तिले परीक्षण गर्यो ? आदि अनुसार पनि सिटि भ्यालु फरक हुनसक्छ | प्रयोगशाला अनुसार पनि सिटि भ्यालु फरकफरक हुन्छ | तसर्थ सिटि भ्यालु हेरेर आत्तिनु वा ढुक्क हुनु जरुरी छैन |
– सिटि भ्यालु एउटा चक्र पनि हो | शरीरमा भाइरस प्रवेश गरेको ३- ४ दिनसम्म भाइरसको मात्रा कम हुन्छ | तसर्थ सिटि भ्यालु २४ भन्दा माथि देखिन्छ | उक्त व्यक्तिमा ७ दिनपछि भाइरसको संख्या धेरै हुन्छ | त्यो बेला सिटि भ्यालु २४ भन्दा धेरै तलसम्म देखिन्छ | त्यहि व्यक्तिमा निको हुनेबेला भाइरस नष्ट भएर भाइरसको संख्या कम हुन्छ अनि सिटि भ्यालु २५ भन्दा माथि देखिन्छ | यो चक्र अधिकांश व्यक्तिमा देखिन्छ |
– बालबालिका तथा युवामा इम्युनिटी पावर धेरै हुन्छ | त्यस्तै खोप लिएका व्यक्तिमा भाइरसविरुद्धको एन्टिबोडी हुन्छ | एकपटक संक्रमण भएका व्यक्तिमा पनि एन्टिबोडी बिकास भएको हुन्छ | त्यस्ता व्यक्तिमा भाइरस घांटीमै नष्ट हुन्छ | तसर्थ सिटि भ्यालु १२, १४ जस्तै छोंटो अंकमा नदेखिन सक्छ |
– प्रबिधि तथा देश अनुसार सिटि भ्यालु कतै ३२ तथा कतै ४० सम्मलाई पोजिटिभ मानिएको छ | हाम्रो देशमा ३६ भन्दा माथिल्लो अंकलाई नेगेटिभ मानिन्छ |
– सिटि भ्यालुमा अलमल हुनु पर्दैन | रिपोर्ट पोजिटिभ भए पोजिटिभ तथा रिपोर्ट नेगेटिभ भए नेगेटिभ बुझेर तदनुसार गर्नुपर्दछ |
सिटि भ्यालु बुझ्ने सरल उदाहरण :
..
हामीले एउटा खेतमा इनार खन्दैछौं | १० – १२ वटा रिंग हाल्दैमा पानी आयो भने त्यो जमिनमा पानी प्रशस्त छ भन्ने बुझिन्छ | तर ३० – ३२ वटा रिंग हालेपछि मात्र पानी आयो भने त्यो जमिनमा पानी कम छ भन्ने बुझिन्छ | पिसिआर टेस्टमा पनि भाइरस लोड धेरै छ भने १०- २० साइकलमै भाइरस भेटिन्छ | भाइरसको लोड कम छ भने ३० -३२ साइकलमा मात्र भाइरस भेटिन्छ | सिटि भ्यालुलाई यसरी पनि बुझ्न सजिलो हुन्छ
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
