- Loading...
एमालेमा विभाजन रोक्ने अन्तिम कसरत !
- पुनहिल डट कम
- ३ साल अघि
- २५९ पटक पढिएको

सत्तारुढ दल नेकपा एमालेलाई बिभाजनबाट बचाउने अनेक प्रयास भएका छन् । विहिबार दिनभर विभिन्न नेताहरुले भेटवार्तालाई निरन्तरता दिदै एकता बचाउने प्रयास गरेका छन् । विहान एमालेको स्थायी कमिटीको बैठकबाट शुरु भएको छलफल दोस्रो तहका नेताहरुको भेटवार्ता हुदै नेता माधवकुमार नेपाल र राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटवार्तामा गएर टुंगिएको थियो ।
एमालेको अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षलाई अहिले सबैभन्दा अप्ठ्यारो राष्ट्रिय सभाको उपनिर्वाचनमा नेपाल पक्षले नेपाली काँग्रेस र माओवादी केन्द्रसँग गठबन्धन बनाएपछि परेको छ ।
ओली पक्षले गृहमन्त्री रामबहादुर थापालाई उम्मेदवार बनाउने बताए पनि उनी निर्वाचनमा पराजित हुने अवस्थामा उम्मेदवार नबन्ने भएका छन् । नेपाल पक्षले काँग्रेस र माओवादीसँग उपनिर्वाचनमा गठबन्धन बनाएसँगै ओली पक्षमा हलचल मच्चिएको छ । भर्खरै एमालेमा प्रवेश गरेका थापालाई पराजित गरेर ओली पक्षलाई कमजोर बनाउने नेपाल पक्ष र माओवादी केन्द्रको रणनीतिमा नेपाली काँग्रेसले साथ दिएपछि ओली पक्ष दबाबमा आएको हो ।
त्यस्तै आगामी सोमबार प्रधानमन्त्री ओलीले विश्वासको मत लिने तयारी गरि रहदा उनले विश्वासको मत पाउने आधारहरु कमजोर बन्दै गएका छन् । एकातिर जसपा यसै कारणले विभाजनको संघारमा पुगेको छ भने जसपाका आधा सांसदले मत दिए पनि नेपाल पक्ष भने ओलीले पार्टीमा सहमति नगरे फ्लोर क्रस या राजीनामा गरेर भएपनि ओलीलाई पराजित गर्ने स्पष्ट रणनितिमा अगाडी बढेको छ । नेता नेपालले ओलीसहित उनी पक्षलाई यो सन्देश स्पष्ट रुपमा दिएपछि ओली पक्ष दबाबमा आएको हो । यहि दबाबको शृंखला अन्तर्गत ओलीले राष्ट्रपति भण्डारीलाई प्रयोग गरेर नेता नेपाललाई मनाउने कोशिश गरेको नेपाल पक्षका नेताहरुले बताएका छन् । यस अघि पछिल्ला दुई दिनमा प्रधानमन्त्री ओलीले पनि पटक पटक राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका छन् ।
विहिबार राति २ घण्टा भन्दा बढी राष्ट्रपति निवासमा बिताएका नेपालले ओलीलाई विश्वासको मत दिने र राष्ट्रिय सभा उप निर्वाचनमा साझा उम्मेदवार बनाउने आफ्नो बटमलाइन २०७५ जेठ २ कै अवस्थामा पार्टी फर्किनुपर्ने नै बताएका छन् । जुन उनले यस अघि पटक पटक भन्दै आएका छन् ।
विहिबार राष्ट्रपति भण्डारीलाई भेट्नु अघि नेता नेपालले काँग्रेस सभापति शेरबहादुर देउवालाई पनि भेटेका छन् । देउवासँग नेता नेपालले ओलीको विकल्पमा सरकार बनाउने विषयमै छलफल भएको छ । यसका लागि नेपाल पक्षका सांसदहरुले राजीनामा गर्नु परेमा पनि गरेर अगाडी बढ्ने रणनिति बनाइएको छ ।
त्यस्तै विहिबार एमालेका दोस्रो तहका नेताहरु पनि ओली र नेपाललाई मिलाउन सक्रिय भएको देखियो । उपप्रधानमन्त्री इश्वर पोखरेल र नेपाल पक्षका युवा नेता योगेश भट्टराईबीच बुधबार सिंहदरबारमै भेटवार्ता भयो । त्यस्तै अर्थमन्त्री विष्णु पौडेलले सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र योगेश भट्टराईसँग भेट गरेका थिए । यी साबि भेटमा पार्टीलाई एक बनाउने विषयमा छलफल भएको थियो ।
यी सबै भेटका बाबजुत अब प्रधानमन्त्री ओली कसरी अगाडी बढ्न चाहन्छन भन्नेमै एमालेको विभाजन रोकिने या नरोकिने भन्ने देखिएको छ । नेपाल पक्षको २०७५ जेठ २ मा फर्किनुपर्ने अडानका बीच ओली धेरै अगाडी बढिसकेका छन् । उनलाई पछाडी फर्किएर ‘कमप्रमाइज’ गर्न सजिलो देखिदैन ।
विहिबारको स्थायी कमिटी बैठकमा पनि राष्ट्रिय सभा उप निर्वाचनमा नेपाल पक्षले साथ नदिएमा जित्न नसकिने निष्कर्ष ओली पक्षले निकालेको छ । बैठकमा शंकर पोखरेल र प्रदीप ज्ञवाली लगायतका नेताहरुले अहिलेको अवस्थामा राष्ट्रिय सभाको उपनिर्वाचन जित्न गाह्रो हुने विचार राखेका थिए । चुनाव नजित्ने भएमा रामबहादुर थापाको विकल्प खोज्ने चर्चा भएपनि निर्णय भने भइसकेको छैन ।
अब अहिले एमालेमा प्रधानमन्त्री ओली र नेता नेपाललाई अन्तिम पटक फेरी वार्तामा बसाल्ने प्रयास भएको छ । यस अघि बैशाख ८ र ९ गते भएको ओली र नेपालको वार्ता असफल भएको थियो । विश्वासको मत लिने दिन नजिकै आउदै गर्दा एमालेमा एक हुनेकी विभाजन हुने भन्ने विषयमा व्यापक अन्तरसंघर्ष जारी रहेको देखिएको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
