FLASH NEWS
  • Loading...

म्याग्दीमा शुक्रवार एकै दिन ७० जनामा कोरोना पुष्टी

  • पुनहिल डट कम
  • २ साल अघि
  • १३४ पटक पढिएको
म्याग्दीमा शुक्रवार एकै दिन ७० जनामा कोरोना पुष्टी

म्याग्दीमा कोरोना संक्रमणबाट शुक्रवार ७० जनामा कोरोना संक्रमित थपिएका छन । पिसिआर विधीबाट ५३ जना र धवलागिरी गापामा गरिएको छुट्टै एन्टीजिन परिक्षणमा थपिएका ७ जना समेत एकै दिन ७० जनामा कोरोना पुष्टी भएको स्वास्थ्य कार्यालय म्याग्दीले विज्ञप्ती मार्फत जनाएको छ ।
शुक्रवार ८ जना संक्रमण मुक्त भएका छन । जिल्लामा हाल सक्रिय संक्रमितको संख्या १ सय ६२ रहेको छ ।

शुक्रवार थपिनेमा सर्वभन्दाबढी बेनी नगरपालिकाका ३२ जना, धवालागिरीमा ९ जना, रघुगंगामा ४ जना, मंगला गापामा १० जना र बाँकी छुट्टै बाहिर जिल्ला घर भएका तर बेनी क्षेत्रमै बस्ने थप १५ जनामा कोरोना पुष्टी भएको छ ।
त्यसैगर शुक्रवार बेनी नगरपालिका, २ का एक ७२ बर्षिय कोरोना संक्रमित बृद्धको पोखरा स्थित मणीपाल शिक्षण अस्पतालमा उपचारक्रममा मृत्यु भएको छ । पछिल्लो दुई हप्तामा जिल्लाका ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।