FLASH NEWS
- Loading...
गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई कोरोना संक्रमण
- पुनहिल डट कम
- ३ साल अघि
- २१२ पटक पढिएको
प्रदेशका मुख्यमन्त्री एवं आदरणिय नेता पृथ्वीसुब्बा गुरुङलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि कोरोना संक्रमणको आशंकामा मंगलबार कोरोना परीक्षण भएकोमा बुधबार कोरोना पोजेटिभ देखिएको मुख्यमन्त्री गुरूङका प्रेस संयोजक बिक्रम न्यौपानेले जानकारी जानकारी दिए ।
प्रेस संयोजक न्यौपानेका अनुसार कोरोना संक्रमण भएपछि सरकारी निवास मै होम आइसोलेसनमा बसेका छन ।
यसअघि मुख्यमन्त्री गुरूङविरुद्ध संसदमा पेस भएको अविश्वास प्रस्तावमा छलफलको क्रममा सांसदहरुको कोरोना परीक्षण गरिएकोमा सांसदहरु राजीव पहारी, प्रभा कोइराला, मनकुमारी गुरुङ र खिमविक्रम शाहीलाई कोरोना संक्रमण पुष्टि भएको थियो।
प्रतिक्रिया दिनुहोस