FLASH NEWS
  • Loading...

बेनी–जोमसोम सडक कालोपत्रे गर्न सुरु

  • पुनहिल डट कम
  • २ साल अघि
  • ११४ पटक पढिएको
बेनी–जोमसोम सडक कालोपत्रे गर्न सुरु

गण्डकी प्रदेशको ‘लाईफलाईन’ मानिएको उत्तर–दक्षिण अन्तरदेशिय ब्यापार मार्ग बेनी–जोमसोम सडकमा कालोपत्रे गर्न सुरु गरिएको छ ।
बेनी–जोमसोम सडकको तेस्रो खण्ड अन्र्तगत मुस्ताङको थासाङ गाउँपालिकामा पर्ने कोवाङ्गदेखी तल कैकुखोला सम्मको १६ किमी सडकमा अस्कपाल्ट प्रविधीको कालोपत्रे सुरु गरिएको ठेकदार कम्पनी जगुरमुखी कन्ट्रक्सनले जनाएको छ ।
‘बेनी–जोमसोम सडकको तेस्रो प्याकेजमा कालोपत्रे सुरु गरेका छौं । मौषमले साथ दिएमा एक महिना भित्र पुरै ३६ किमी सडक कालोपत्रे गर्छौ’ संलग्न ठेकदार कम्पनी गजुरमुखी कन्ट्रक्सनका अध्यक्ष दीपक गौतमले भने, ‘मंगलवार दुई सय मिटर कालोपत्रे गरेपछि पानी परेकोले रोकिएको छ । अझै ३–४ दिन मौषम फेरवदली हुने मौषम विभागले भनेकोले हामी आवश्यक सामाग्री सहित तयारी अवस्थामा बसेका छौं ।’
०७६ मंसिरमा ७ मिटर पीच सहित ११ मिटर चौडा स्तरमा सम्पन्न भै सक्नु पर्ने बेनी–जोमसोम सकड दुई वर्षपछि वल्न कालोपत्रे सुरु भएको हो । कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरोला सडक आयोजनाले यो सडकको कामलाई तीव्रता दिन र ठेकदारलाई हौसला दिन कामको वीलका आधारमा भुक्तानी दिनेगरी ब्यवस्था मिलाईएको जनाएको छ ।
बेनी–जोमसोम ७६ किमीलाई ४ प्याकेजमा सडक विस्तार, उन्नत र कालोपत्रे गर्न ठेक्का भएकोमध्य तेस्रो प्याकेजमा मात्र कालोपत्रे हुन लागेको हो । बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा पर्ने पहिलो र दोस्रो खण्डमा भने धमाधम सडकको नाली बनाउने, ग्रेड मिलाउने, चौडा पार्ने र सववेस विच्छ्याउने काम भैरहेको छ । पहिलो र दोस्रो खण्डमा भने डिविएसडी प्रविधीको कालोपत्रे गरिने भएको छ ।
‘हाम्रो जिम्माको तेस्रो प्याकेज कालोपत्रे सुरु भैहाल्यो । दोस्रो प्याकेज अन्र्तगतको तातोपानी–कैकु खण्डमा पर्ने बाँदरजुङ भीर समेतका पहिरोग्रस्त क्षेत्रमा विष्फोटन गरी फराकिलो बनाउने काम गरिरहेका छौं’ गजुरमुखी कन्ट्रक्सनका साईड इन्चार्ज राजन न्यौपानेले भने, ‘बाँकी क्षेत्रमा सव वेश र वेश विचछाउने काम गरिरहेका छौं ।’
आयोजनाका अनुसार २० किमी खण्डको प्रत्यक प्याकेज मध्य पहिलो बेनी–तातोपानीसम्म शर्मा/युनाईटेड जेवि कम्पनीले, दोस्रो र तेस्रो प्याकेजमा शर्मा/गजुरमुखी जेभिले काम गरिरहेका छन ।
सडकको गलेश्वर–तातोपानी पहिलो खण्डमा पर्ने भीरकाटे र तातोपानी क्षेत्रका भीरमा विष्फोटन नगरी मापदण्ड अनुसार सडक फराकिलो बनाउन संभव नभएकोले काम भएको छैन । आयोजनाले दुवै स्थानमा विष्फोटक पदार्थ प्रयोग गरी सडक चौडा पारिने जनाएको छ । पहिलो खण्डको गलेश्वर–बेगखोला १६ किमी क्षेत्रमा पनी असारसम्म सडक कालोपत्रे गरिने शर्मा युनाईटेडले जनाएको छ ,
बेनी–जोमसोम–कोरला १ सय ८६ किलोमिटर सडकमध्य बेनी–जोमसोम ७६ किमीलाई ४ प्याकेज र जोमसोम–कोरला एक सय १० किमी सडकलाई ११ प्याकेजमा सडक विस्तार एवं उन्नत गर्न ठेक्का गर्ने काम भैरहेको छ ।
बेनी–जोमसोम–कोरला १ सय ८६ किलोमिटर सडकको विभिन्न नदी तथा खोलामागरी ३२ वटा मोटरेवल पक्की मोटररेवल पुल आवश्यक हुन्छ । तीमध्य अधिकांश निर्माण चरणमा छन । केही निर्माण भैसकेका र केही ठेक्का लगाउने प्रकृयामा रहेका छन ।