FLASH NEWS
  • Loading...

गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई कोरोना संक्रमण

  • पुनहिल डट कम
  • २ साल अघि
  • १७७ पटक पढिएको
गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई कोरोना संक्रमण

प्रदेशका मुख्यमन्त्री एवं आदरणिय नेता पृथ्वीसुब्बा गुरुङलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि कोरोना संक्रमणको आशंकामा मंगलबार कोरोना परीक्षण भएकोमा बुधबार कोरोना पोजेटिभ देखिएको मुख्यमन्त्री गुरूङका प्रेस संयोजक बिक्रम न्यौपानेले जानकारी जानकारी दिए ।

प्रेस संयोजक न्यौपानेका अनुसार कोरोना संक्रमण भएपछि सरकारी निवास मै होम आइसोलेसनमा बसेका छन ।
यसअघि मुख्यमन्त्री गुरूङविरुद्ध संसदमा पेस भएको अविश्वास प्रस्तावमा छलफलको क्रममा  सांसदहरुको कोरोना परीक्षण गरिएकोमा  सांसदहरु राजीव पहारी, प्रभा कोइराला, मनकुमारी गुरुङ र खिमविक्रम शाहीलाई कोरोना संक्रमण पुष्टि भएको  थियो।