FLASH NEWS
  • Loading...

मोनो रोमनियाको अध्यक्षमा विजय कुँवर

  • पुनहिल डट कम
  • २ साल अघि
  • २७३ पटक पढिएको
मोनो रोमनियाको अध्यक्षमा विजय कुँवर

रोमनियाको राजधानी बुचारेष्टीको टिटान पार्कमा ‘जहा संगठन, त्यहाँ समाधान’ भन्ने नारासहित सम्पन्न म्याग्दी नेपाली प्रवासी संघ (मोना)को प्रथम अधिवेशनबाट विजय कुँवर अध्यक्ष चयन भएका छन ।
आईतवार सम्पन्न अधिवेशनबाट मोना रोमनियाको बरिष्ठ उपाध्यक्षमा डेनिस थापा, उपाध्यक्षमा हिमाल शेरपुजा, महासचिवमा अजय श्रेष्ठ, सचिवमा सेन्स पुर्जा, कोषाध्यक्षमा दिलप्रसाद गर्वुजा र सहकोषाध्यक्षमा गोविन्द बरुवाल चयन भएको नवनिर्वाचित अध्यक्ष विजय कुंवरले बताए ।
त्यसैगरी समितिको सदस्यमा धन तिलिजा, भविन गुरुङ, किरण कंडेल, भगवान जिसी, जीवन केसी, खिम रोका, लिलबहादुर कार्की, मुक्त महाशंकर, ओम पुन, याममायाँ घर्ती, सुरज भण्डारी, ताराबहादुर पुर्जा, चित्रमान छन्त्याल र वेलबहादुर परियार चयन भएका छन । समितिको सल्लाहकारमा मनबहादुर शेरपुजा र कवी रोका रहेका छन ।