Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

म्याग्दीमा १० दिन लकडाउन गर्न सिफारिस

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २१२ पटक पढिएको
म्याग्दीमा १० दिन लकडाउन गर्न सिफारिस

म्याग्दीमा कोरोना संक्रमणलाई नियन्त्रण र व्यवस्थापन गर्न १० दिन लकडाउन गर्न सर्वदलिय सर्वपक्षिय बैठकले सिफारिस गरेको छ ।

सोमबार बेनी नगरपाकिलाको आयोजनामा भएको सर्वदलिय सर्वपक्षिय बैठकले जिल्लामा कोरोना संक्रमणको दर बढेको र थप जोखिमलाई न्यूनिकरण गर्न वैशाख २२ गते रातीदेखि १० दिन लकडाउन गर्न जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)लाई सिफारिस गर्ने निर्णय गरेको हो ।

जिल्ला स्थित राजनैतिक दल, उद्योगी व्यवसायि, समाजिक संघ संस्थाका प्रतिनिधिहरु सहभागी बैठकले जिल्लामा लकडाउन गर्न डिसीसीएमसीलाई सिफारिस गर्ने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत छविलाल सुवेदीले बताए ।

 

कोरोना संक्रमणको चेन ब्रेक गर्न भिडभाड र मानिसहरु जमघट हुने कार्यलाई नियन्त्रण गर्न आबश्यक रहेकोमा जोड दिनुभएको थियो । बैठकमा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, नेकपा एमालेका जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठ, नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष गोविन्द पौडेल, नेपाली काँग्रेसका जिल्ला सचिब क्याप्टेन मिनबहादुर कार्की लगायत उद्योगी व्यवसायि, होटल व्यवसायि, सामाजिक संघ संस्था र बेनी नगरपालिकाका विभिन्न वडाका जनप्रतिनिधिहरुले कोरोना नियन्त्रण र रोकथामको लागि गर्नुपर्ने उपाहरुको बारेमा धारणा र सुझाब राखेका थिए ।

म्याग्दीमा हाल ७० जना सक्रिय कोरोना संक्रमित रहेका छन्  ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल