FLASH NEWS
  • Loading...

बाग्लुङ्गका पत्रकारलाई छुट्टै १० बेडको आइसोलेसन

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १९३ पटक पढिएको
बाग्लुङ्गका पत्रकारलाई छुट्टै १० बेडको आइसोलेसन

पत्रकार महासंघ बागलुङ शाखाले आफ्नै कार्यालयमा १० बेडको आइसोलेसन बनाएको छ । अग्रपंक्तिमा खटिने पत्रकारलाई कोरोना संक्रमण भएमा उक्त आइसोलेसनमा राखेर उपचार गरिने महासंघ अध्यक्ष नरेश कँडेलले बताए ।

‘पत्रकार जतिबेला पनि जोखिममा छन्, उनीहरूमा कोरोना देखियो भने महासंघकै भवनमा राखेर उपचार गर्ने व्यवस्थापन गराएका हौं,’ कँडेलले भने, ‘अस्पतालमा भीड हुने भएपछि पत्रकारको सुरक्षाका लागि काम थालियो ।’

अन्य व्यक्तिले पनि आइसोलेसन प्रयोग गर्न पाउनेछन् । महासंघले बागलुङ नगर स्वास्थ्य शाखा र धौलागिरि अस्पतालका मेसु डा.शैलेन्द्र पोखरेलको प्राविधिक सहयोगमा आइसोलेसन वार्ड बनाएको हो । स्वस्थ्य शाखाका प्रतिनिधिले अवलोकन गरेर अन्य सामग्रीका लागि पनि पहल गर्न आग्रह गरेका थिए ।

‘कम्तीमा दुईवटा सिलिन्डर अक्सिजन पनि राखेर उपचारमा सहज बनाउन सकिन्छ,’ स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक डिल्लीराज आचार्यले भने, ‘यो अभियान हरेक संस्थाले थाल्नुपर्छ ।’ महासंघले मास्क, सेनिटाइजर, ज्वरो, प्रेसर र अक्सिजन लेवल नाप्ने व्यवस्थापन पनि भवनमै गरेको छ ।

बागलुङकै जैमिनी नगरपालिका ७ का नीलकण्ठ शर्माले महासंघको आइसोलेसन अभियानमा सहयोग गरेका छन् । शर्माको ब्रदर्स सर्जिकल एन्ड डाइनेस्टिक प्रालिले २२ हजारका स्वास्थ्य सामग्री सहयोग गरेका हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल