FLASH NEWS
  • Loading...

नेपाल ट्वान्टी–२० अन्तर्राष्ट्रिय वरीयतामा एसोसिएट राष्ट्रहरुको नम्बर एक

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ३७६ पटक पढिएको
नेपाल ट्वान्टी–२० अन्तर्राष्ट्रिय वरीयतामा एसोसिएट राष्ट्रहरुको नम्बर एक

नेपाल ट्वान्टी–२० अन्तर्राष्ट्रिय वरीयतामा एसोसिएट राष्ट्रहरुमा शीर्ष स्थानमा पुगेको छ । अन्तर्राष्टिय क्रिकेट परिषद् (आईसीसी) ले सोमबार प्रकाशित गरेका ट्वान्टी–२० अन्तर्राष्ट्रिय विश्व वरीयतामा नेपाल एक स्थानमाथि उक्लेर १३ औं स्थानमा आएको छ ।

नेपालभन्दा माथि टेस्ट खेल्ने १२ राष्ट्र छन् । नेपालले स्कटल्यान्डलाई उछिन्दै एक स्थान माथि आएको हो । यो नै नेपालको ट्वान्टी–२० अन्तर्राष्ट्रिय वरीयतामा उत्कृष्ट वरीयता भने होइन् । नेपाल यसअघि ११ औं स्थानसम्म पुगेको थियो । अघिल्लो साता नेदरल्यान्ड्स र मलेसिया सम्मिलित त्रिदेवसीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता जितेपछि नेपालको वरीयता १५ बाट १३ औं स्थानमा आएको हो । प्रतियोगितामा नेपालले ५ मध्येको ४ खेल जितेको थियो । नेदरल्यान्ड्स १७ औं स्थानमा यथावत छ ।

इंग्ल्यान्ड, भारत, न्युजिल्यान्ड, पाकिस्तान, अस्ट्रेलिया, दक्षिण अफ्रिका, अफगानिस्तान, श्रीलंका, बंगलादेश, वेस्ट इन्डिज, जिम्बावे र आयरल्यान्ड क्रमश: पहिलोदेखि १२औं स्थानमा छन् । यी सबै टेस्ट खेल्ने राष्ट्र हुन् । त्यसपछि वरीयतामा नेपाल रहेको छ । स्कटल्यान्ड, युएई र पपुवा न्यु गिनी क्रमश १४औं देखि १६ औं स्थानमा छन् ।

एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाल एक स्थानमाथि उक्लदै १६ औं स्थानमा आइपुगेको छ । नेपालभन्दा माथि एसोसिएट राष्ट्रहरुमा नेदरल्यान्ड्स, ओमान र स्कटल्यान्डमात्र रहेको छ । यद्यपि नेपालले २०२० को फेब्रुअरी यता कोभिड १९ का कारण कुनै एकदिवसीय अन्तर्राष्ट्रिय खेलेको छैन ।

न्युजिल्यान्ड एकदिवसीय अन्तर्राष्ट्रियमा नयाँ नम्बर एक टोली बनेको छ । पछिल्लो पटक न्युजिल्यान्ड तेस्रो नम्बरमा थियो । नम्बर एक स्थानमा रहेको इंग्ल्यान्ड चौथो स्थानमा खसेको छ । वरीयतामा अस्ट्रेलिया दोस्रो र भारत तेस्रो स्थानमा छ । ekantipur.com

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल