अन्योलमा राष्ट्रिय जनगणना

२० बैशाख २०७८, सोमबार २०:३२ मा प्रकाशित (1 हप्ता अघि)
पुनहिल संवाददाता
‘मेरो गणना, मेरो सहभागिता’ भन्ने नाराका साथ राष्ट्रिय जनगणना २०७८ को तयारी भइरहेको छ ।

जेठ २५ बाट असार ८ गतेसम्म गरिने जनगणनाका लागि हाल सुपरिवेक्षकलाई तालिम दिने काम भइरहेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । तर कोरोना भाइरसका कारण तोकिएको जनगणनाका लागि मिति सार्ने तयारी भइरहेको विभागका निर्देशक ढुण्डिराज लामिछाने बताउँछन् ।

उनका अनुसार आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले जनगणनाको मिति अनिश्चित कालका लागि सार्ने निर्णय गरिसकेको छ । ‘मन्त्रीपरिषद्मा निर्णय भइसकेको भन्ने जानकारी आएको छ,’ उनले भने, ‘तर, निर्णय सार्वजनिक गरिएको छैन, सम्भवतः आज पत्र आउँछ होला ।’