Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

म्याग्दीमा आजै थपिए २४ जना कोरोना संक्रमित, सकृय संक्रमित ७० पुग्यो

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २४६ पटक पढिएको
म्याग्दीमा आजै थपिए २४ जना कोरोना संक्रमित, सकृय संक्रमित ७० पुग्यो

म्याग्दीमा आईतवार एकै दिन २४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
म्याग्दीको समुदायमा नयाँ भेरियन्ट सहित कोरोनाको दोस्रो लहर भुसको आगो झै फैलिएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार आईतवार बेनीमा १ जना ३ महिने नावालक, ७ जना महिला र २ जना पुरुष, धवलागिरी गापाका १ जना पुरुष, मालिका गापामा १ जना पुरुष, रघुगंगा गापामा २ महिला, १ पुरुष, मंगला गापामा ३ पुरुष र पर्वत वेनीका २ पुरुष समेत २४ जनामा चिन्ह र लक्षण सहितको कोरोना संक्रमण पुष्टी भएको हो ।
कोरोना संक्रमितको ठेगाना अन्यत्र उल्लेख भएपनि प्राय: सवै बेनीमा बसोबास गर्ने हुन । स्वास्थय कार्यालय प्रमुख एकनारायण लम्सालका अनुसार आईतवार जिल्लामा ७० जना सक्रिय कोरोना संक्रमित रहेका छन । हालसम्म जिल्लामा ३ सय १७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । त्यसैगरी हालसम्म जिल्लामा कोरोनाबाट ११ जनाको मृत्यु भएको छ ।


जनसंख्याको अनुपातमा जिल्लामा कोरोना संक्रमण पुष्टी भएको संक्रमितको संख्या अधिक र भयावह मानिएको छ ।
सदरमुकाम बेनीमा कोरोना संक्रमण भयावह रुपमा फैलिएको भएपनि यहाँका सामाजिक अगुवाहरुले स्वास्थ्य सुरक्षा मापदण्डको ब्यापक उल्लङ्घन गर्ने गरेका छन । शनिवार मात्र जिल्ला खेलकुद विकास समितीका पदाधिकारीहरुको पदभार ग्रहण कार्यक्रमका सहभागी कसैले पनि मास्क नलगाएको तस्वीर सार्वजनिक भएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल