FLASH NEWS
  • Loading...

११ बर्षिया बालिका बलात्कार र युवाको हत्या आरोपी पक्राउ

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १७२ पटक पढिएको
११ बर्षिया बालिका बलात्कार र युवाको हत्या आरोपी पक्राउ

मालिका गाउँपालिका, ५ देविस्थानकी ११ बर्षिया बालिका बलात्कार गरी फरार रहेका आरोपी स्थानीय विजय विकलाई प्रहरीले पोखराबाट पक्राउ सार्वजनिक गरेको छ ।
मंसिर १४ गते राती दाजु दिलबहादुर श्रीपालीको विवाहमा सहभागी हुन पोखराबाट घर फर्केका दुलाहका सहोदर भाई विकले विवाह भोज चलिरहेको समयमा राती ९ बजे परिचित वालिकालाई पैसा दिन्छु भन्दै फकाएर घरपछाडी पाखोमा पुर्‍याई वलत्कार गरेको आफन्तको किटानी जाहेरी छ ।
त्यसैगरी वैशाख १४ गते नै सोही विवाहमा निम्ता मान्न आएका मालिका, ५ देविस्थानकै २७ बर्षिय धजेन्द्र पुनको हत्या गरी फरार रहेका आरोपीहरु स्थानीय भेष बहादुर विक समेत ५ जनालाई पनि प्रहरीले पोखराबाट पक्राउ गरी मंगलवार सार्वजनिक गरेको छ ।
बलत्कार र हत्याको घट्नाका आरोपीहरुलाई प्रहरीले एकै दिन आईतवार पोखरामा पक्राउ गरी सोमबार जिल्ला अदालतमा पेश गरी म्याद थपगरी अनुसन्धान सुरु गरेको जनाएको छ ।
वैशाख १४ गतेको दिलबहादुर श्रीपालीको विवाहमा निम्ता मान्न आएका निम्तालु पुनलाई पूर्व ब्यक्तिगत रिसईवी रहेका सोही विवाहमा सहभागी दुलाहका आफन्तहरु भेषबहादुर विक समेत म्याग्दी ४७ क, ४७ ब र ४७ म समेतका ५ जनाले विवाहको भोजस्थलबाट बाहिर बोलाई पाखोमा लगेर कुटपीट गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
हत्यापछि मार्चुला सामुदायीक वन छेउको पाखामा रहेको सुरुङमा भित्र लगी ढुङ्गाले थिचेर बाहिरबाट स्याउला र ढुङ्गाको पर्खालले छोपेर सवै जना पोखरा फर्केका थिए । स्थानीय जंगल जाने क्रममा दुर्गन्ध आएपछि खोज्दा स्थानीयले शव फेला पारेका थिए ।
घट्नामा संलग्न सवै जना पोखराको एक ग्रील उद्योगमा कार्यरत थिए । विवाहमा सहभागी हुन मात्र फर्केका थिए ।
‘पोखराको एउटा ग्रील उद्योगमा कार्यरत उनीहरु आफन्तको विवाहमा सहभागी हुन गाउँफर्केका थिए । एकै विवाह कार्यक्रममा सहभागी भएका मध्य एक जनाले बालिका बलत्कार गरेको र अन्यले छिमेकीको हत्या गरी पोखरा फर्केका थिए’ प्रहरी नायव उपरिक्षक श्यामकुमार राईले आरोपीलाई सार्वजनिक गर्दै भने, ‘एउटै कार्यक्रममा सहभागी हुन आएका, एकै स्थानमा तर छुट्टाछुट्टै अपराध गरेपनि एकले अर्कोलाई घट्ना गुपचुप राखेको देखिन्छ । दुवै घट्नाका आरोपीले सहजै अपराध स्वीकारेका छन ।’