FLASH NEWS
  • Loading...

म्याग्दीमा मंगलवार थपिए २९ जना कोरोना संक्रमित, सकृय संक्रमित सय नाघ्यो

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १२९ पटक पढिएको
म्याग्दीमा मंगलवार थपिए २९ जना कोरोना संक्रमित, सकृय संक्रमित सय नाघ्यो

म्याग्दीमा मंगलवार एकै दिन सर्वाधिक धेरै २९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । नयाँ भेरियन्ट सहित कोरोनाको दोस्रो लहर फैलिएको छ ।
जिल्ला कोरोना संकट ब्यवस्थापन समिति (डिसिसिएमसी)का सदस्य एवं रेडक्रस प्रतिनिधी सुरत केसीका अनुसार आईतवार संकलन गरिएका ४२ जनाको स्वाव परिक्षण गर्दा २९ जनामा कोरोना पुष्टी भएको हो । कोरोना संक्रमित मध्य बेनी नगरपालिकाका १७, जलजला (पर्वत वेनी)का ३ जना, धवलागिरी गापाका ३ जना, मालिका, मंगला र रघुगंगा गापाका १–१ जना र बाहिर जिल्ला घर भै बेनी बस्ने थप ३ जनामा कोरोना पुष्टी भएको हो ।
आज थपिएकासमेत जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या १ सय २ पुगेको छ । सक्रिय संक्रमित मध्य ३३ हजार जनसंख्या भएको बेनी नगरपालिकामा मात्र ८० बढी संक्रमित छन । ९ हजार २१ जनसंख्या भएको बेनी नगरपालिका, ७ र ८ बेनीमा मात्र करिव आधा सक्रिय संक्रमित छन ।
कोरोना संक्रमितको संख्या बृद्धीसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या पनि बृद्धी भएको छ । मंगलवार मात्र मंगला गापा, १ का बृद्धको पोखरामा उपचारक्रममा कोरोनाबाट मृत्यु भएको छ । अघिल्लो हप्ता रघुगंगाका एक ब्यक्तिको पनि कोरोनाबाटै मृत्यु भएको थियो ।
कोरोना संक्रमण भयावह रुपमा फैलिएसँगै बेनी नगरपालिका तथा सर्वपक्षिय वैठकको अनुरोधमा जिल्ला सुरक्षा समितिले बुधवार रातीदेखी बेनी नगरपालिका क्षेत्रमा वन्दावन्दी लगाउने निर्णय गरिरहेकचो छ । बेनीले मात्र लकडाउन गर्दा कोरोना संक्रमण नियन्त्रण प्रभावकारी नहुने हुँदा अन्य स्थानीय तहले पनि बन्दाबन्दीको दवाव परिरहेको छ ।