FLASH NEWS
  • Loading...

म्याग्दीमा अर्का कोरोना संक्रमित बृद्धको मृत्यु

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १५६ पटक पढिएको
म्याग्दीमा अर्का कोरोना संक्रमित बृद्धको मृत्यु

म्याग्दीका एक बृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

मंगला गाउँपालिका–१ तुसारेपानीका ७६ बर्षीय बृद्धको कोरोना संक्रमणका कारण चरक अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।स्वास्थ्यमा समस्या आएपछि हेलिकप्टर मार्फत उपचारको लागि पोखरा पु¥याईएका बृद्धमा वैशाख १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

अघिल्लो हप्ता रघुगंगा गापाका अर्का कोरोना संक्रमित बृद्धको मृत्यु भएको थियो ।

स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालका अनुसार मृतकका छोरामा पनि कोरोना पुष्टीको तथा श्रीमतीको पनि स्वास्थ्यमा समस्या देखिएपछि उपचारको लागि सदरमुकाम बेनी ल्याउने तयारी गरिएको छ ।