FLASH NEWS
  • Loading...

बेनी नगरपालिकाले सवै वडामा पुगेर स्वाव संकलन क्याम्प नै चलाउने

  • पुनहिल डट कम
  • ३ साल अघि
  • २०६ पटक पढिएको
बेनी नगरपालिकाले सवै वडामा पुगेर स्वाव संकलन क्याम्प नै चलाउने

नयाँ भेरियन्ट सहितको कोरोना भाईरसको दोस्रो लहर भयावह फैलिएपछि बेनी नगरपालिकाले सवै वडामा पुगेर विरामीको स्वाव संकलन गरी पिसिआर परिक्षण गराउने भएको छ ।
नगरपालिकाले सवै १० वटा वडामा क्याम्प राखेरै कोरोना संक्रमणको लक्षण देखिएका कम्तीमा तीन सय विरामीको पिसिआर परिक्षण गर्न स्वाव संकलन तयारी भएको बेनी नगरपालिकाले जनाएको छ ।
‘नगरक्षेत्रमै कोरोना संक्रमण तिव्र फैलिएको देखियो । संक्रमितको ट्याकिङ गर्न पनि वडा स्तरमै पुगेर शंकास्पद संक्रमितको स्वाव संकलन क्याम्प नै चलाउन थालेका हौं’ बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छवी सुवेदीले भने, ‘कोरोना समुदायमा भयावह फैलिएको र धेरै विरामी समस्या लुकाएरै घरमा बसेको आशंका जिल्ला कोरोना संकट ब्यवस्थापन समितिले पनि गरेको छ ।’
शुक्रवार मात्र ९२ जनाको स्वावको पिसिआर परिक्षण गर्दा बेनी नगरपालिकाबासीको मात्र ३२ जनामा कोरोना संक्रमण फेला परेको थियो । छुट्टै बाहिर जिल्ला घर भएका तर बेनी क्षेत्रमै बस्ने थप १५ जनामा कोरोना पुष्टी भएको छ ।
’घर बाहिर जिल्ला भएपनि उनीहरु यहीँको समुदायमा ब्यापार ब्यवसाय गरी बसेका हुँदा उनीहरुबाट संक्रमण फैलने पनि यहीको समुदायमा हो’ स्वास्थय कार्यालय प्रमुख एकनारायण लम्सालले भने, ‘कोरोना संक्रमणको चेन तोड्न नसके अवस्था नियन्त्रण बाहिर जान सक्ने जोखिम बढेको छ ।’