FLASH NEWS
  • Loading...

एमालेले पार्टी कार्यालयमा आईसोलेसन राख्न दिने

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १०४ पटक पढिएको
एमालेले पार्टी कार्यालयमा आईसोलेसन राख्न दिने

नेकपा एमाले म्याग्दीले कोरोना संक्रमितको उपचार गर्न क्वारेन्टाईन वा आईसोलेसन बनाउन जिल्ला कार्यालय उपलब्ध गराउने भएको छ ।
एमाले जिल्ला अध्यक्ष हरीकृष्ण श्रेष्ठले बुधवार जिल्ला कोरोना संकट ब्यवस्थापन केन्द्रलाई पत्र लेखी कोरोना संक्रमितको उपचार गर्न बेनी नगरपालिका, २ हाडेभीर स्थित एमालेको दुई तल्ले जिल्ला कार्यालय भवनमा क्वारेन्टाईन वा आईसोलेसन बनाउन सकिने जानकारी गराएका हुन ।
संक्रमितको उपचार, रोकथाम र नियन्त्रणकालागी पार्टी कार्यकर्ताका निजी सवारी साधनहरु एम्बुलेन्सको रुपमा प्रयोग गर्न उपलब्ध गराईने पनि एमालेले पत्रमा प्रतिवद्धता जनाएको छ ।
त्यसैगरी अध्यक्ष श्रेष्ठले महामारीको कठिन परिस्थितीमा जनस्वास्थ्यको मापदण्ड पूर्ण पालना गर्न र वन्दावन्दीको निषेध आदेशको पूर्णपालना गर्न पार्टी कार्यकर्ता र सर्वसाधारणमा अनुरोध गरेको छ ।