FLASH NEWS
  • Loading...

आईतवार थपिए १८ संक्रमित, अझै ४ सय २४ जनाको पिसिआर रिपोर्ट आउन बाँकी, सक्रिय संक्रमित १ सय ७२ जना

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १६८ पटक पढिएको
आईतवार थपिए १८ संक्रमित, अझै ४ सय २४ जनाको पिसिआर रिपोर्ट आउन बाँकी, सक्रिय संक्रमित १ सय ७२ जना

म्याग्दीमा कोरोना संक्रमणबाट आईतवार १८ जनामा थप कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीले आईवार सार्वजनिक गरेको विवरण अनुसार पिसिआर र एन्टीजीन विधीबाट गरिएको परिक्षणबाट संक्रमण पुष्टी भएको हो ।
स्वास्थ्य कार्यालयको विवरण अनुसार आईतवारसम्म जिल्लामा हाल सक्रिय संक्रमितको संख्या १ सय ७२ छ । आईतवार ११ जना कोरोना संक्रमण मुक्त भएका छन ।
गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरामा पिसिआर टेष्ट गर्न शनिवारसम्म पठाएका ४ सय २४ वटा स्वावको परिक्षण रिपोर्ट आउन बाँकी छन ।
स्वास्थय कार्यालयका अनुसार २४ गते शुक्रवार जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाएका बेनी अस्पतालका ३५, अन्नपूर्ण गापाका ८५ र धवलागिरी गापाका ३६ गरी १ सय ५६ वटा स्वाव, शनिवार २५ गते पठाएका बेनी अस्पतालका १९, मालिका गापाका १०, अन्नपूर्ण गापाका १९ गरी ४८ वटा स्वाव र २६ गते आईतवार पठाएका बेनी नगरपालिकाका ३०, अन्नपूर्णका ३१, रघुगंगा गापाका ५०, मंगला गापाका ४१, मालिका गापाका १२ र बेनी अस्पतालमा संकलन गरि पठाएका ५७ वटा स्वावको पिसिआर रिपोर्ट आउन बाँकी रहेको छ । आईतवार र सोमबार विभिन्न स्थानीय तहमा संकलन गरिएको स्वावको पिसिआर परिक्षण गर्न पठाउनै बाँकी छ ।